माया पिरतीको गजल,,
फेसबुक ,युट्युब जे खोलेर हेर्दा नि
तिम्रै झझल्को आउन थालेछ्न,
सायद तिम्रो बिहे गर्ने उमेर भएरै होला,
केटाहरुको बाउ आमा आज भोलि
तिम्रो घरमा धाउन थालेछ्न।
लुकि लुकि तिमिले र मैले लाएको मायाको
चर्चा परिचर्चा गाउँ घरमा चल्न थालेछ्न,
कुनै दिन तिम्रो र मेरो बिछोड हुने हो कि?
मुटुको धड्कन नि आज भोलि बढ्न थालेछ्न।
जुनि जुनि संगै जिउने बाच्ने भनेर हामिले गरेका ती बाचा बन्धनहरु कतै टुट्ने पो हो कि?
रातिमा सुत्दा निन्द्रा नि उड्न थालेछ्न,
मुटु भित्र सजाएर राखेका माया पिरतीका गजलहरु
पानीको फोका जस्तै फुट्न थालेछ्न।
फेसबुक ,युट्युब जे खोलेर हेर्दा नि
तिम्रै झझल्को आउन थालेछ्न,
सायद तिम्रो बिहे गर्ने उमेर भएरै होला,
केटाहरुको बाउ आमा आज भोलि
तिम्रो घरमा धाउन थालेछ्न।
तिम्रो त्यो खाली सिउदोमा आफ्नै हातले
सिन्दुर भर्ने रहर मनबाट हराउन थालेछन,
कतै तिम्रो र मेरो साथ छुट्ने पो हो कि ?
रात दिन त्यहि डरले सताउन थालेछ्न,,
फेसबुक ,युट्युब जे खोलेर हेर्दा नि
तिम्रै झझल्को आउन थालेछ्न।
लेखक:-यस् वेबसाईटका एडमिन प्रधान सम्पादक/प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक तथा आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय उपाध्यक्ष पहिचानबादि थारु युवा आर एन चौधरी थारु हुन।
