आज
ओभानो टापु बनाकी छु नैन
दिल पत्थर बनाकी छु
र
ओछ्याएकी छु काँडाहरु
तिमी हिड्ने बाटो भरि,
लगाएकि छु आगो
तिम्रो जिन्दगीको साँचोमा
ताकि !
मलाई बिझे सरि
तिमीलाई पनि बिझोस्
मलाई दुखे सरि
तिमीलाई पनि दुखोस्
मलाई पोले सरि
तिमीलाई पनि पोलोस
मुटुमा
जीवनमा
जगतमा
दिलमा
दिमागमा
अनि
जलोस् सपना पनि उसै गरि
बनोस् जिन्दगी नै खरानी
र उडोस् माथि माथि आकाशमा
हावा बनि ,बतास बनि
बादल बनी
झरोस् नैन झरी
रुझोस् खुशिहरु ,बगोस् रापती सरि
मिलि आँशु सँगै आँशु
पीडा सँगै पीडा
एकैपथमा
एकै डोरीमा
एकै दिशामा
गरोस् यात्रा सँग सँगै
जहाँ
मैले पनि सेलाएकि हुन्छु
तिम्रो नामको एउटा जिन्दगी
Neeru
