चट्याङ लागी घर जलेर नष्ट भएका दिल बहादुरलाई तामाङ समाज मलेसियाले गरे ६९ हजार आर्थिक सहयोग

Thursday, 7 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आर एन चौधरी थारु,,
मलेसिया := तामाङ समाज मलेसियाले २०७५ माघ महिना २६ गतेको दिन बिहान बर्षा भैइरहेको बेला चट्याङ लागेर घर जलेका आगलागी पीडित महोत्तरी बर्दिवास नगरपालिका वडा नम्बर ११,चनौटे निवासी दिल बहादुर तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

सन् २००५ सालमा मलेसियामा तामाङ समुदायको युवा,युवतीहरुले हातेमालो गर्दै स्थापना गरेको तामाङ समाज मलेसिया नामक समाजिक संस्थाले २०१९ सम्म आईपुग्दा विभिन्न क्षेत्रका पीडित ब्याक्तीहरुलाई बेलाबेला आर्थिक अभियानहरु चाली सहयोग गर्दै आईरहेको थियो र गर्दै पनि छ्न ।

यो बर्ष पनि तामाङ समाज केन्द्रिय समितिं,नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ,तामाङ समाज पेनाङ कमिटीले मिलेर संयुक्त रुपमा मिलेर आयोजना गरेको मञ्जुश्री संवत् २८५५ औं ढ्वा ल्हो सोनाम ल्होछार संम्पन्न भए लगत्तै ल्होछार कार्यक्रमबाट आम्दानी भएको रकम चट्याङ पीडित आर्थिक अवस्था एकदमै नाजुक रहेको तामाङ समाज मलेसियाको केन्द्रिय सदस्य हाल मलेसियामै कार्यरत अजय तामाङको परिवारलाई बिहिवार रु.६९,००० नेपाली रुपैयाँ हस्तान्तरण गरिएको तामाङ समाज मलेसियाको द्धितिय सचीव सबिन लोप्चन तामाङले बताए ।

तामाङ समाजलाई साथ दिदै नेपालमा सामाजिक काममा सक्रिय ईशारा लामाले उक्त सहयोग रकम सम्बन्धित ठाउँ सम्म पुर्याइ बर्दिवास नगरपालिकाका उप-मेयर सुशीला गौतम , सोही नगरपालिकाको वडा नम्बर ११ का जनप्रतिनिधि धन बहादुर लामा र स्थानीयहरुको सामुहिक उपस्थितिमा प्रतिनिधिहरुकै हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिइएको हो ।
आर्थिक सहयोग रकम बुझ्दै खुसिसाथ तामाङ समाज मलेसिया परिवारलाई पीडित परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu