लकडाउनले तुहाइदिएको मुक्तकमैया मजदुर परिवारको सपना।

Sunday, 12 April 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ९ दीपनगरको सुकुम्वासी टोलमा बस्ने ३७ वर्षीय रुक बहादुर थारु अहिले बुटवलमा छन् ।

उनी मात्र होइन, उनकी श्रीमती विष्णु, छोरीहरु २० वर्षीया पवित्रा, र १८ वर्षीया सूमित्रा थारु पनि बुटवलमै छन् । चैत ८ गते साँझ बुटवल आएका थारु परिवार घर बनाउने कामदार र मिस्त्री हुन् । रुक बहादुर थारु मिस्त्री भएकोले घर ढलान गर्ने, प्लास्टार गर्ने काम गर्दन् भने उनकी श्रीमति र छोरीहरु बालुवा, गिट्टी बोक्ने काम गर्दछन् ।  त्यही कामका लागि साहुसँग ३ हजार रुपैयाँ ऋण गरेर बर्दियाबाट बुटवल आएका थिए । बदियाँबाट बुटवल आउँदा एक जनाको ७ सय रुपयाँ बस भाडा लाग्छ । उनीहरु गत चैत ९ गतेदेखि बुटवलको भाटभटेनी सुपर मार्केट नजिकै बन्दै गरेको घरमा काम गरे ।

रुक बहादुर थारुको परिवार जस्तै बदियाँ राजपुरबाटै लोटन थारु  र दिल बहादुर थारुको परिवार पनि बुटवलमा मजदुरी गर्न पनि आएको छ । चैत ११ गतेदेखि सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै लकडाउन गर्न पुग्यो। त्यसपछि उनीहरुको काममा पनि अवरोध भयो । उनीहरुलाई बुटवलमा स्थानीय ठेकेदार बुद्धिराम चौधरीले काममा लगाइदिएका हुन् । तर, लकडाउनका कारण तीन दिन मात्र काम गर्न पाए । ऋण गरेर ल्याएको पैसा आउँदा आउँदै सकिइसकेको थियो । तीन दिन काम गरेको पैसा कति हुन्छ र त्यो पनि सकिन कति लाग्छ र ! अहिले बुटवलमा न काम छ न घर जाने व्यवस्था । गाडी पाइहाले पनि भाडा छैन । बिचल्लीमा मुक्त कमैया मजदुरको परिवार परेको छ ।

उता मुक्तकमैया परिवार भएका कारण तीन महिना पनि राम्रोसगँखाना पुग्ने जग्गा बर्दियामा  छैन । सरकारले सुकुम्वासी क्षेत्रमा दिएको डेढ कट्डा जग्गा मात्र हो । त्यसमा पनि  बस्नको सानो झुपडी छ ।खेतिपाती लगायो कहिले हात्ति, कहिले जगंली बंदेलले खाइदिन्छ । विष्णु थारुले रातोपाटीसँग भनिन्, ‘तीन महिना पनि खान पुग्दैन । एक त जग्गा नै थोरै छ । अलिअलि भएपनि जगंली जनावरले सखाप बनाइदिन्छन् ।’

 बर्दियाका दुःखका दिनलाई हटाउनका थारु परिवार ऋण गरेर बुटवलमा मजदुरी गर्न आए । उनीहरु घरका सवै जना आएकाले दशैंसम्म यही काम गर्ने र केही हजार  पैसा जम्मा गरेर फकर्ने  सपना बोकेर आएका थिए । तर लकडाउन सिधा असर ती मजदुर थारु परिवारको सपनामा पर्यो । 
अहिले घर जान नपाएर बुटवलको पाल्पा रोडमा बन्दै गरेको  घरको तेस्रो तलामा त्रिपाल टाँसेर खाने बस्ने ठाउँ बनाएका छन् । त्यो पनि स्थानीय ठेकेदार  बुद्धिराम चौधरीले व्यवस्था गरिदिएका हुन् । 
थारु परिवार गत बर्ष पनि फागुन, चैत महिनातिर बुटवल  आउने अनि दशैंसम्म काम गरेर केही कमाएर फर्कने गरेका थिए ।

विष्णु थारुले भनिन्, ‘पहिले पनि पनि हामी सवैजना घरका काम गर्न यहाँ आउने गरेका थियौं, ४–५ महिना काम गरेर दशैं तिहारतिर फर्कथ्यौं तर अहिले बन्दी छ, यहाँ खाना छैन, फर्कने पनि ठेगान छैन, ठुलो समस्या परेका छौं ।’
ठेकेदारले घर पठाउने व्यवस्था मिलाउन नसेकेपछि जेनतेन यहाँ बसेका छन् । ठेकेदार पनि आफै समस्या छन् । पैसा नभएर बल्ल बल्ल मजदुरहरुलाई निर्माण व्यावसायीहरुले बाँडेको राहत साम्रागीहरु चामल ,दाल, आलु ल्याएर दिएका थिए ।

लोटन थारु भन्छन्, ‘यता खानेकुरा सकिन थाल्यो, किन्नको लागि पैसा हामी कसैसगँ छैन्।  यदि खुलेपनि घरजानको बस भाडा छैन्, यस्तोमा बस्नु परेको छ के गर्ने हामी दुखीयाँको जीन्दगी यस्तै रहेछ ।’ १३ जनाको टोली त्यहीँ बसेको छ । अझ भन्दा त्यही बदियाँको राजपुरबाट आएको मुक्त कमैया समूह हो ।  जुन समूहलाई यहाँ पनि बस्न समस्या छ  उता जानको झन् समस्या छ ।४ जनाको परिवार सहित बसेका रुक बहादुरलाई लकडाउन छिट्टै खुलिदिए हसन्थ्यो झै लाग्छ । लकडाउन खुलेपछि दशैंसम्म काम गरेर केही रकम जोहो गर्न सकिन्छ कि भन्ने आशमा छन् उनी । 

नेपाल निर्माण श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवी गुरुडले मुक्तकमैया मजदुर परिवारसहित रुपन्देहीमा थूपै  मजदुर अपपत्र परेको रातोपाटीलाई बताए । 
उनले अन्य ठाउँ भन्दा पनि यहाँ धेरै अलपत्र परेकोले व्यवस्थापन गर्न नसकिएको बताए । तर, प्रदेश सरकारसँग कहाँ कति अलपत्र छन् त्यसको रेकर्ड छैन । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर  केसीले तथ्यांक संकलन काम गाउँपालिले पठाउँदै गरेको बताए । प्रदेशमा तथ्यांक एकीकृत  गर्ने काम सरकारले गरेको उनको दावी छ।via : Ratopati
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu