झुम्का:= थारु परिकार प्रवद्र्धन सहितको संचालनमा आएको “घोङ्गही बगिया थारु भिलेज”को प्रथम बार्षिक उत्सव (आज) बिहिवार फागुन २९ गते मनाउने भएको छ।थारु मौलिक परिकारका स्वादलिने सम्पुर्ण ग्राहकहरुमा शुभकामना ब्यक्त गर्दै बार्षिक उत्सवको अवसरमा बिशेष छुटको ब्यवस्था गरिएको छ ।
भिलेजकालागी सहयोगीहातहरुलाई संचालकले शुभकामना सहित धन्यवाद ब्यक्त गरेका छन् । शुभकामना सहित धन्यवाद ब्यक्त गर्दै थारु परिकारहरुमा घोङ्गही, बगिया, सिपि (झुना), परेवा, कुखुरा, हाँस लगायत डेर्नी, पोढी माछामा छुटको ब्यवस्था राखेको संचालक सत्यनारायण चौधरीले जानकारी दिए । उत्सवको दिन भिलेजमा थारु मौलिक परिकार चिचरी भात सहित सम्पुर्ण परिकारहरु पाईनेछन् । थारु परिकारमा ब्यवसायिकक्ता दिदै आएको भिलेजमा उत्सवको दिन नयाँ–नयाँ परिकार तथा सोहि परिकारमा फरक स्वदमा तयार गरिएको संचलक चौधरीले बताए हुन्।
यसैगरी “घोङ्गही बगिया थारु भिलेज” सफलता पछि संचालनमा ल्याएको “घोङ्गही बगिया थारु बसघरा” मा थारु पौराणिक नृत्य नाच समेत प्रस्तुत गरिने संचालिका सिता थरुनीले जानकारी दिईन् । सेमिनार, बैठक, तालिम, कार्यक्रम संचलन गर्ने बसघरामा साप्ताहिक रुपमा धुम्रानाच, चाचैर, बिरहैन, पराति, झुमैर, जट्टजाटिन, लोक दोहोरी गितहरु प्रस्तुत समेत गर्ने गरेको छ ।
थारु परिकार खान झुम्का, इटहरी, धरान, बिराटनगर, इलाम, धनकुटा लगायत छिमेकी मुलुक भिमनगर, फुल्काहाबाट समेत आउने गरेको छ । “घोङ्गही बगिया थारु भिलेज” सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ झुम्का बजार संगै नहर बाटो हुदै जितमहान चौक स्थित रहेको छ ।