युएई:=वैदेशिक रोजगारीका लागि दुबई पुगेका मान महतोले आफ्नै व्यवसाय सुरु गर्ने भएका छन्। उनी कार्यरत रहेको दुबईमा उनले मिठाईको व्यवसाय सुरु गर्ने भएका हुन्।मिठाई पसलको उद्घाटन डिसेम्बर २९ मा भब्य समारोहकाबीच हुने महतोले जानकारी गराउनु भयो। उनका अनुसार समारोहमा दुबईमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी तथा नेपालीहरुको उपस्थिति रहनेछ।
उनले पसलमा आवश्यकताअनुसार सबै किसिमको मिठाई उपलब्ध हुने बताए। ‘हामी कामको सिलसिलामा प्रदेश आउँछौं। मेहनत र पसिना चुहाउँछौं। उक्त मेहनतको फल नै यो व्यवसाय हो। आश गरौं व्यवसायले राम्रोसँग चलोस्,’ उनले भने।
