हाँस्यव्यङ्ग्य सामाजिक टेलिचलचित्र 'टेन्सन साफ ' चाडैं प्रशारणको तयारीमा ।

Tuesday, 24 September 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := एभरग्रीन वल्डवाइड इन्टरटेन्ड्मेन्ट प्रा.लि.को  प्रस्तुति हाँस्यव्यङ्ग्य  सामाजिक टेलिचलचित्र 'टेन्सन साफ ' नेपाली हिन्दू धर्मावलम्बीको महान चाड बडादशै लगत्तै  टेलिभिजन साथै युट्युव च्यानलबाट प्रशारण हुने निश्चिति भएको छ ।  

जसलाई निर्देशक गर्नु भएको छ हाँस्य कलाकार तथा निर्देशनक गोपाल ढकाल 'छन्दे'ले चलचित्र लेखन निर्देशन ,सम्पादन गीत देखि अभिनय सम्म छन्देलाइ हेर्न सकिने छ। छायांकनको रुपमा हर्कमान वाइबा 'रिदम ' रहनुभएको छ भने श्रृङ्गारमा अनु अधिकारी रहनुभएको छ। संगीत /पाश्व संगीत तर्फ संगीतकार बैकुण्ठ अधिकारीको सुन्न सकिन्छ ।गीतमा स्वर रहेको छ क्रमश कृष्ण भट्टराई , बैकुण्ठ अधिकारी  , गोपाल ढकाल 'छन्दे' हर्कमान वाइबा 'रिदम'को सुन्न सकिन्छ ।सम्पुर्ण पोस्टर डिजाइन भि अफएक्स दिन्सन शाहा मार्फत गरिएको छ । चलचित्र निर्माण नियन्त्रको रुपमा कलाकार गिता नेपाल रहनुभएको छ। ध्वनी तर्फ सम्पुर्ण ध्वनी सोभित वाइबाको पोल्टामा रहेको छ भने सुटिङको लागि यातायातको ब्यवस्थापन गंगा लामाको रहेको छ।  सुटिङ समयमा भान्छाको लागि मन माया वाइबा रहनुभएको कुरा निर्देशक छन्देले जानकारी दिनुभयो । 


टेन्सन साफ टेलि चलचित्रमा मुख्य कलाकार हरुमा श्याम राई ,उद्धब प्रशाद भट्टराई ,गोपाल ढकाल 'छन्दे' गिता नेपाल , रोहित कार्की , प्रमिला राई , हर्कमान वाइबा 'रिदम'रबिन भुषाल 'कडा ' आशिका अधिकारी ,कृष्ण लामिछाने ,प्रमोद तिरुवा ,उमेश पाण्डे 'उमिशा' लगायत रहनुभएको छ ।
अन्य हाँस्य चलचित्र हरु भन्दा यो टेलि चलचित्र केही पृथक र रोमान्चित भएकाले हेर्ने दर्शक क्ष्रोताहरुलाई समयको कुनै घाटा नभई दिमागमा भएको सम्पुर्ण टेन्सन साफ  गर्ने र संगस्ंगै सामाजिक चेतनालाई प्राथमिकतामा राखिएको रमाइलो र सन्देश मुलक भाव  निर्माण गरिएको निर्देशक तथा लेखक छन्देको भनाइ छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu