मलेसियामा दुई दिनभित्र ३ नेपाली श्रमिकको मृत्यु।

Monday, 18 May 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
क्वालालम्पुर ( मलेसिया ):= विश्वभरि अहिले कोरोना भाइरसको माहामारीले मर्नेको संख्या दिनप्रतिदिन थपिदै गैइरहेको छ्न । यता कोरोनाकै कहरको बेला मलेसियामा कार्यरत नेपाली श्रमिकहरु विभिन्न कारणले ज्यान गुमाईरहेको छ।

मलेसियामा शनिबार र आईतवार गरेर दुई दिनमा ३ जना नेपालीको छुट्टाछुट्टै स्थानमा विभिन्न कारणबस मृत्यु भएको पाइएको छ।
रोजगारीको निम्ति मलेसियामै कार्यरत नेपालमा महोत्तरी जिल्ला घर भएका नेपाली श्रमिक मनोज यादवको कोठामै सुतेकै अवस्थामा शुक्रबार राती मृत्यु भएको उनकै आफन्तले बताउनुभयो।
मृतक यादव बिगत १ बर्ष देखी मलेसियाको इपो पेराकमा अवस्थित सिएस म्यानुफ्याक्चरिङ एसडिएन बिएचडी ( cs manufacture sdn bhd / Ipho perak ) नामक कम्पनीमा काम गर्दै आएका थिए ।
राती खानासाना खाएर सुतेका यादवलाई शनिबार बिहानको समयमा सोही कम्पनीमा कार्यरत श्रमिकहरुले उठाउन खोज्दा नउठेपछि चेकजाँच गर्दा मृत अवस्थामा फेला परेको जनाइएको छ। हाल मृतकको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ।

शनिबारकै दिन बिहान करिब ०५:०० बजेतिर जोहोरबारु राज्यमा पर्ने जालान चिन्तागं रिगंम २ मा अवस्थित एकचुवल भेजिटेरियन फुड नामक एक सप्लाई कम्पनीमा काम गर्ने नेपाली श्रमिक संकर यादवले घाटीमा पासो लगाएर आत्महत्या गरेकाछ्न।

सप्तरी जिल्ला राजबिराज , गाउँ रामपुरा मलहनिया वडा नम्बर ५ निवासी लालु यादवको छोरा संकर यादव शनिबार घाटीमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको घटना भएको ठाउँ नजिकै बस्ने एक नेपालीले जानकारी गराउनुभयो।
यादवको मृत शरीरलाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको जनाएका छ्न।

यता मलेसियामै सेलाङ्गर राज्यमा अवस्थित श्रीमुडा भन्ने ठाउँमा रहेको जेफोली एसडिएन बिएचडी ( jefoly sdn bhd ) नामक कम्पनीमा बिगत ५ बर्षदेखी कमगर्दै आएका  नेपाली श्रमिक सुर्यमान गुरुङको आईतवार छतबाट लडेर मृत्यु भएको छ।  
दिउँसो आफ्नै साथीहरु संगै बजार घुमेर होस्टेल फर्केर आ-आफ्नो रुममा पसे पछि सुर्यमान होस्टेलको रेलिङ तिर गएको रहेछ रेलिङको टायल र रडहरु मकिएकोले ( जिर्ण ) भएकोले भासिएर खसेको लगतै मृत्यु भएको संगै कार्यरत उनका एक नेपाली  साथिले बताए ।

गोर्खा जिल्ला धार्चे गाउँपालिका निवासी सुर्यमान गुरुङ तमु समाज मलेसियाका सक्रिय सदस्य पदमा रहि समाजसेवाको क्षेत्रमा सक्रिय रुपमा काम गर्दैआइरहेको समेत जानकारी प्राप्त भएकोछ। मृतक गुरुङको शव स्थानीय अस्पतालमा पोस्टमार्टमको लागि लगिएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu