हमार सनेश सहकर्मी,,
मलेसिया:=अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको र मिडियामा आएको समाचारको खण्डन गर्दै आफू विरुद्ध गरिएको गलत प्रचारको प्रेस बिज्ञप्ति जारी गरि घोर भत्सर्ना गरेका छ्न।
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ उपाय लगाएर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी नेपाली श्रमिकहरुलाई सहयोग गर्ने लगायतका आफ्ना कामबाट पछि नहट्ने बताउनु भयो।
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबै नेपालीलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै हावाको तालमा कसैको चरित्रहत्यामा नलाग्न उनले चुनौती समेत दिए ।
