बारा जिल्लाको पुलहरु जिर्ण अवस्थामा /सरोकारवाला निकाय मौन

Thursday, 28 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

श्याम गुप्ता,,
बारा:=पूर्वपश्चिम राजमार्ग मुलुकको यातायात मेरुदण्ड मानिन्छ । दिनहुँ हजारौंको संख्यामा यातायात गुड्छन् । मुलुकको विकासको आधार बनेको यस राजमार्ग अन्तर्गत विभिन्न ठाउँका पुल अहिले जीर्ण बनेका छन् । ती भत्किने र भाँसिनाले यात्रु र चालकले सास्ती भोग्नु परेको छ ।
बर्सेनी पुल कै कारण यात्रुको बास सडकमा हुँने गरेको छ । पुलको आयु ५० देखि ६० वर्ष हुँने बताईन्छ र नियमित मर्मत गर्न सकिए आयु लम्बिने हो तर , समय समयमा मर्मत नगर्दा पुल जीर्ण बन्ने , भाँसिने खतरा बढी हुँन्छ भने , मर्मत गरेर पुल सञ्चालन गर्ने र नयाँ निर्माण गर्न नसक्दा भत्किने गरेको पाईएको छ ।
समय समयमा मर्मत नगर्दा पुल जीर्ण बन्ने, भाँचिने खतरा बढी हुँन्छ । मर्मत गरेर पुल सञ्चालन गर्ने र नयाँ निर्माण गर्न नसक्दा भत्किने गरेको पाईएको छ । सरकारले बलियो पुल निर्माणमा चाँसो दिनु पर्ने र प्रार्थमिक्तामा समेत राख्नु पर्ने देखिन्छ । यो राजमार्ग हुँदै दैनिक २ हजार ५ सय भन्दा बढी सवारी साधन मुलुकको विभिन्न सहर पुग्छन् । पुल भाँच्चिए पछि मात्र मर्मत गर्ने र बनाउँने चलनले गर्दा यात्रुले सास्ती खेप्ने गरेका छन् । राजमार्गमा धेरै यस्ता पुल छन् र पुल बलियो नहुदा भाँचिएर र बिग्रिएर सास्ती खेप्नु पर्ने बाध्यता रहेको र भार बढी भएका सवारी साधन चलाउँनेको लापरवाहीले यस्ता समस्या बारम्बार दोहोरिने गरेको गाडी चालक भरत घिमिरेले बताए ।

मन्त्री, सभासद् , राजनीतिक दलका नेता यही जीर्ण र भत्किएको सडक भएर ओहोर दोहर गर्छन् , तर निर्माण तथा मरम्मत तर्फ कसैको ध्यान जान सकेको छैन । जड्डल बिच पर्ने यस सडकमा जनताको समेत निगरानी नहुँने भए पछि प्राविधिक र ठेक्केदारको मनोमानीका कारण निर्माण कार्य कमजोर भएको छ । ईस्टिमेट र बिलअफ क्वान्टिटीमा प्राविधिकले राम्रो , बलियो डिजाईन गरेपनि साईटमा खट्ने प्राविधिक ठेकेदारको आर्थिक प्रलोभनमा परे पछि निर्माण कार्य कमजोर हुँने गरेको बताईन्छ ।

३ नम्बर पुलको अवस्था पनि उस्तै

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुर जोड्ने बाराको महेन्द्रराजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंजमा पर्ने ३ नम्वर पुल उच्च जोखिममा परेको छ ।
मुलुकको विकासको आधार बनेको यस राजमार्ग अन्तर्गत रहेको ३ नंम्बर पुल अहिले जीर्ण बनेको छ । पूर्व पश्चिम राजमार्गको बिचै बिच बाराको ३ नंबर पुल ३ बर्ष अगाडि भाँसिएको पुल जस्ताको तेस्तौ छ , समय मैं मर्मत हुँन नसक्दा पुलको वेरिङकोटका छडहरु देखिएर कच्ची सडकमा जस्तै ठुला ठुला खाल्डा खुल्डी भए पछि दैनिक हजारौंको संख्यामा सवारी साधनहरुले सास्ती भोग्न बाध्य भएका छन् , र दुर्घटनाका सम्भावनाहरु पनि उत्तिकै रहेको छ ।

भत्किने र भाँसिनाले यात्रु र चालकले सास्ती भोग्नु परेको छ । सम्बन्धित तथा सरोकारवाला निकायको बेवास्ता गरेकै कारण असुरक्षित बन्दै गएको बाराको ३ नंम्बर पुल उच्च जोखिममा परेको छ । पुलको पुर्वि भागमा नयाँ फलामे डाईभर्शन पुल बनायता पनि बर्षातका बेला पुलमा चिप्लेने चालक बताउँ छन् । भत्किएको पुललाई समेत एक तर्फी बनाउँदा पुलमा यात्रा गर्दा भत्किने र भाँसिनाले डरले यात्रु र चालक त्रशित हुने गरेका छन् । सरकारले समयमै ध्यान नदिदा अहिले जोखिम माथि जोखिम थपिएको छ ।

स्थानीयहरुले सरोकारवाला निकाय प्रति आक्रोश पोख्दै समय मैं पुललाई मर्मत गर्नु पर्ने धारणा राख्दछन् । सरकारको करोडौंको पुलको नोक्सानसँगै पुल आस पासमा होटल व्यावसाय गर्दै आएका हमी स्थानीयको समेत घरबास उठ्ने हुँदा सरकारको ध्यान छिटो पुगोस् स्थानीयले बताए ।

दुधौरा पुल पनि त्यस्तै 

पथलैया निजगढ खण्डको दुधौरा पुलको एउटा पिलर भाँसिए पछि प्रहरीले आवागमनमा रोक लगाएको छ । पुल भाँसिएर बाङ्गिएको छ, भने जोखिम देखिए पछि यातायात सञ्चालन रोकिएको छ । पुल मर्मत गर्न केही समय लाग्ने भएकाले खोला प्रयोग गरी डाईभर्शन गरेर यातायात सञ्चालन भईरहेको छ ।

३ बर्ष अघि पनि भाँसिएर अवरुद्ध हुँदै आएको सो पुल सडक डिभिजन कार्यालय हेटौंडाले २ बर्ष अघि रेक्टो फिटिङ्ग गरेर सञ्चालनमा ल्याएको थियो । दुधैरा पुलका कारण लामो समय सास्ती भोग्नु परेको थियो । बर्सेनी पुल बिग्रिएर सवारी साधन ठप्प हुँने गरेको छ । समय मैं निर्माण नभए सधैं झैं बर्षातमा यात्रुहरुले कयौं रात जंगल मैं बिताउँनु पर्ने निश्चित छ ।

बकैया पुल खतरामा

बाराको निजगढ नगरपालिका स्थित बकैया नदीको पुल भत्किने खतरा छ । रोडा ढुंगाको जथाभावी उत्खनन्ले गहिरिँदै जाँदा जगै देखिन थाले पछि पुल भत्कने खतरा बढेको हो । चौबिसै घण्टा व्यस्त पुल माथिबाट सवारी गुड्दा हल्लिने गर्छ । दुई वटा भन्दा बढी माल बाहक ट्रक पुल माथि पर्दा भूकम्प आए जस्तै थर्किने स्थानीयले बताए ।

स्थानीयले पटक पटक मर्मत तथा संरक्षणका लागि डिभिजन सडक कार्यालय हुँदै विभागसँग अनुरोध गरिसकेका छन् । विभागले पुल संरक्षणका लागि अल्पकालीन योजना बनाए पनि मर्मतका लागि दीर्घकालीन काम गरेको छैन । केन्द्रिय बजेट नपरेकाले समस्या भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

उत्खनन्को मारमा पुल

मर्मतमा ढिलाईले असार पहिलो साता ‘डाईभर्सन’ बगाए पछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत अमलेखगंज खण्ड ७ घण्टा अवरुद्ध भयो । ३ नंबर पुल पार गर्न बनाएको डाईभर्सन भत्किएको थियो । राजमार्गमा सयौं यात्रु अलपत्र परे पछि खाली गाडीलाई पुलबाट वारपार गर्ने व्यवस्था मिलाईएको छ । समयमा मर्मत नभएकाले जोखिम मोलेर गाडी कटाउँने व्यवस्था गरिएको हो । ३ नंबर पुलको समस्या पुरानो भईसक्यो ।

निजगढको बकैया पुल अति जीर्ण छ । क्रसर व्यवसायीले जथाभावी ढुंगा उत्खनन गर्दा खम्बाको हात्तीपाईले (जमिनमुनि हुँने तल्लो भाग) समेत देखिएको छ । बकैया पुल नजिकबाट जथाभावी उत्खननले पुल जीर्ण बनेको स्थानीय दिनेस खतिवडाले बताए । साथै उनले पहिले भारी सवारी गुड्दा पुल हल्लिने र अहिले ढुंगा उत्खनन हँुन थाले पछि मान्छे कुद्दा पनि हल्लिने बताए । उनी भन्छन्–कतिखेर ढल्छ थाहा छैन । सडक डिभिजन कार्यालय हेटौंडामा भएकाले स्थानीयको पहुँचमा छैन । ३ सय ५५ मिटर लामो पुल जोखिममा छ । एउटा पुल भाँसिना साथ राजमार्ग अवरुद्ध हुँने अवस्था रहेको छ ।

दुर्घटनाको जोखिम बढ्दै

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बारा खण्डका पुल मर्मत नहुँदा जोखिम बढै गएको छ । तत्काल मर्मत आवश्यक रहेको प्राविधिक बताउँ छन् । पथलैया देखि निजगढ सम्मका अधिकांश पुल कमजोर भईसकेका छन् ।

गत वर्ष बाराको पथलैया निजगढ खण्डमा पुल भत्किएकाले लामो सय सम्म आवात जावत बन्द भएको थियो । धन्सार देखि हेटौंडा सम्मका एक दर्जन पुल जीर्ण छन् । ४४ वर्ष पुराना पुलको बल्ल मर्मत नहुँदै खिया लागेर जीर्ण छन् । खिया हटाउँने , नयाँ फलाम फेर्ने र रंगरोगनको जिम्मा पाएको सडक कार्यालयले नियमित मर्मत गर्न सकेको छैन ।

ट्राफिक र यातायात व्यवसायी संघको चिन्ता

राजमार्गमा धेरै यस्ता पुल छन् र पुल बलियो नहुदा भाँचिएर र बिग्रिएर सास्ती खेप्नु पर्ने बाध्यता रहेको र बर्सेनी पुल बिग्रिएर सवारी साधन ठप्प हुँने गरेको छ । समय मैं निर्माण नभए सँधै झैं बर्षा याममा यात्रुहरुले रात जंगल मैं बिताउँनु पर्ने बधयता एका तिर छ भने, हरेक प्रकृतीका सवारी साधनहरु गुड्ने पुल यदि समय मैं मर्मत गर्ने तर्फ ध्यान नदिने हो भने एक दिन ठुलै दुर्घटना निम्तिने निश्चित रहेको मध्य क्षेत्रिय ट्राफिक कार्यालय पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । यता तराई यातायात व्यवसायी संघका महासचिव शंकर कुमार बिष्टले हाल सवारी साधन निर्वाद सञ्चालनमा रहेपनि संभावित दुर्घटनाको भय भएको र भार बढी भएका सवारी साधन चलाउँनेको लापरवाहीले यस्ता समस्या बारम्बार दोहोरिने गरेको बताएका छन् ।

मौन सम्बन्धित निकाय

हाल सवारी साधन निर्वाद सञ्चालनमा रहेपनि संभावित दुर्घटनाको भय स्थानियबासीमा हुन थालेको छ । मुख्य नाकाको रुपमा रहेको यो पुल यदि समय छँदैे मर्मत नगर्ने हो भने देशभर चल्ने सम्पूर्ण यातायात सेवा लामो समय सम्म प्रभावित हुँने निश्चित छ । पुलप्रति सरोकारवाला निकायको मौनता तथा हेलचेक्र्याईका कारणले गर्दा पुलबाट यात्रा गर्ने सबैले सास्ती भोग्न बाध्य छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu