स्वास्थ्य मन्त्रालयको सचिवमा स्त्रीरोग विशेषज्ञ डा.पुष्पा चौधरी नियुक्त

Thursday, 28 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:=सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा स्त्रीरोग विशेषज्ञ डा.पुष्पा चौधरीलाई नियुक्त गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा १२औं तहमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत डा चौधरीलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो।
योसँगै स्वास्थ्य मन्त्रालयले तीन महिला चिकित्सक सचिव पाएको छ।यसअघि डा. किरण रेग्मी र डा. सुधा शर्मा स्वास्थ्यसचिव भएका थिए। स्वास्थ्य सचिव चिकित्सक नै हुने प्रावधानले पनि निरन्तरता पाएको छ।
मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सचिवका लागि डा.चौधरी, डा. सुशील प्याकुरेल र डा.विनोदमान श्रेष्ठको नाम सिफारिस गरेको थियो।

डा.चौधरी २०४८ सालमा आठौं तहबाट सरकारी चिकित्सक सेवामा प्रवेश गरेकी थिइन्।
थापाथलीस्थित प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालकी निर्देशक, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाकी निर्देशक, विभागको निमित्त महानिर्देशक हुँदै उनले सचिवको पद सम्हाल्न सफल भएकी हुन।

डा.रेग्मीले गत मंसिर १८ गते अवकाश पाएलगत्तै डा. चौधरीलाई निमित्त स्वास्थ्य सचिव बनाइएको थियो।
भारतको जागिर छोडेर नेपाल फर्किएकी डा.पुष्पाले लामो संघर्षपछि ठूलो जिम्मेवारी काँधमा आएको र नेपाललाई चिनाउने मौकासमेत पाएको बताइन्।
उनले आफूलाई राज्यले प्रोत्साहन गरेको र जिम्मेवारीपूर्वक काम गर्ने  बताइन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu