हमार सनेश सहकर्मी,
सन्तकुमार चौधरी,,
चितवन:= पोल्ट्री व्यवसायीहरुले विगत पाँचवर्षदेखि मनाउँदै आएको राष्ट्रिय पोल्ट्री दिवस यो वर्ष चितवनको रत्ननगरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । पौष १७ गते पूर्वी चितवनको रत्ननगर स्थ्ति होटल स्टार व्याङक्वेटमा समग्र पोल्ट्री क्षेत्रको नीतिगत गोष्टीको आयोजना गरेर पोल्ट्री दिवस मनाउने तयारी गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । २०७२ सालमा झापामा विभिन्न कार्यक्रम गरी मनाइएको थियो।
पोल्ट्री दिवसका दिन विहान रत्ननगरमा प्रभात फेरि निकाल्ने कार्यक्रम छ । कार्यक्रममा पोल्ट्री विज्ञ, भेटेनरी विज्ञ लगायत पोल्ट्रीसँग सरोकार राख्नेहरुको उपस्थ्तिी हुने आयोजक कुखुरा व्यवसायी मञ्चले जानकारी दिएको छ । प्रभातफेरि गर्नुपूर्व रत्ननगर स्थ्ति सरकारी अस्पतालमा उपचारत्त विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम छ ।
२०१७ सालको पुस १७ मा स्थापना सरकारी ह्याचरी फर्मको दिन मानेर यो दिवस मनाईदै आएको छ । विगतमा जस्तै यो पनि पूर्वी चितवनको रत्ननगरमा ‘मासु र अण्डा खाऔँ’ भन्ने नारासहित दिवस मनाउन लागिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा. होमबहादुर बस्नेतले जानकारी दिनुभयो।
दिवसमा बिहान प्रभातफेरि, प्रविधिक अन्र्तक्रियात्मक गोष्ठी र विभिन्न समस्या र यसको समाधानका विषयमा पोल्ट्री व्यवसायी र सरकारी निकाय बीच छलफल गरिने डा. बस्नेतले बताउनुभयो । रत्ननगरमा पत्रकार सम्मेलन गरी पुस १७ मा मनाउन लागिएको दिवसका अवसरमा सबै पोल्ट्री व्यवसायीहरुलाई सक्रिय सहभागी गराउन व्यवसायी मञ्चले अनुरोध पनि गरेको छ ।
चितवनका पाँचदेखि मञ्च र नेपाल सरकारको पशुपक्षी मन्त्रालयको आयोजनाका यो दिवस मनाउदै आएको छ । नेपाल कुलग्राहस्त उत्पादनको ४ प्रतिशत हिस्सा ओगटदै आएको पोल्ट्रीमा लाखौँ परिवारहरु आश्रीत हुँदँै आएका छन् । नेपालमा १ सय ८० वटा ह्याचरी, १५ हजार पोल्ट्री फर्म, १ सय बढी दाना उद्योग रहेको छ । दैनिक २२ लाख अण्डा उत्पादन हुँदै आएको छ भने दैनिक ३२ लाख केजी कुखुराको मासु खपत हुँदै आएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो । ((०))
