हमार सनेश सहकर्मी,
एलएन गच्छदार,,
मोरंगको सुन्दरहरैंचा नगरपालिका -२, मृगौलिया स्थित श्री माध्यमिक विधालयले भव्यताका साथ आफ्नो ६० औं बार्षिक उत्सव मनाएका छ्न।
विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप कुमार खवासको सभाध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमा सुन्दरहरैंचा नगरपालिका का मेयर शिव प्रसाद ढकालले बिधिबतरुपमा दिप प्रज्वल गरि समुदघाटन गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि ढकालले विधालयले शैक्षीक गुणस्तरमा धेरै सुधार गरेपनि अझ काम गर्न बाकि रहेको र समय अनुसारको शिक्षाको प्रणालीको गुणस्तर बढाउनु पर्ने भन्दै शिक्षाको स्तरीय सवालमा बढी प्रश्न चिन्ह लाग्ने हुदाँ संस्कार र व्याबहारिक युक्त शिक्षाको बिकासमा जोड दिनुपर्ने बताए।नेपालको संविधानले धेरै अधिकारहरु दिएको र भर्खरै सपन्न कार्तिक ३० गतेको नगर सभाले शिक्षाको गुणस्तर सुधारलाई बिशेस प्राथमिकतामा राख्दै १० वर्षे नगर शिक्षा गुरु योजना बनाउन लागिरहेको र १० वर्ष भित्रमा पूर्ण साक्षरता नगरपालिका घोषणा गर्ने तथा अंग्रेजी माध्यममा पठनपाठन गराउने सरकारी विधालयालाई नगरपालिकाबाट विशेष सहुलियत सुबिधा दिने कुरामा जोड्दै सुन्दरहरैंचा नगरपालिका वडा न. २ विकास निर्माणमा सबैभन्दा तल परेको र यस क्षेत्रको बिकासलाई पहिलो प्राथमिकता राखी शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात विकास अगाडी बढाउने बताए।
विधालयको वार्षिक प्रतिवेदन प्रध्यानाध्यापक दुर्गा प्रसाद गुरागाईले प्रस्तुत गर्दै विगत २ वर्ष देखि खसकेको विधार्थीको शैशिक गुणस्तरलाई हाल एसईईमा ८७ प्रतिशत अंक सम्म नतिजा ल्याकोमा अझ विधालयको शैक्षिक गुणस्तर बढाउनु पर्ने र अंग्रेजी माध्यमबाट शिक्षण गराउने विषयमा जनशक्तिको अभाव रहेको बताउदै निकट भविष्यमै अंग्रेजी माध्यममा कक्षा संचालन गर्ने बताए।वि.स २००९ सालमा स्थापना भएको विधालय विधिवत रुपमा बि.स २०१४ सालमा भएको र विधालयमा विधार्थीको चाप अनुसार पर्याप्त शौचालय, पुस्तकालय र विज्ञान प्रयोगशाला नभएको हुदा सो निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट ६ लाखको बजेटमा निर्माण गर्ने कुरा प्रस्तुत गरे थियो भने वडा प्रमुख ड़ोरिलाल चौधरीले बिधालय सुधारका लागि वडा कार्यालयबाट ३ लाख दिने बताए।
हालै विधालयको परिसर भित्र निर्माण भएको ३ लाख ६७ हजार १ सय ४ रुपैयाको लागतमा सरस्वती मन्दिरमा आर्थिक सहयोग पुर्याउनु हुने समाजसेवी दिपनारायण साह, तिल प्रसाद गुरागाई, जगत बहादुर थेवे, ब्रहमलाल माझि, शिवपुजन साह, श्याम चौधरी, गोपाल बहादुर थापा, नारायण प्रसाद कोइराला, कुलबीर खवास तथा चिरन्जीवी दंगाललाई कदर पत्र र दोसल्लाले सम्मान गरेका थिए भने अन्तर विधालय स्तरीय खेलकुद तथा बिबिध कार्यक्रममा उत्कृष्ट हुने र कक्षा -१ देखि १२ सम्मका जेहेन्दार विधार्थीलाई पुरस्कृत समेत गरेका थिए।
