थारुको मुख्य पर्व माघी रे बोलको थारु म्युजिक भिडियो सार्वजनिक

Friday, 22 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
भगतराम थारु,,
नेपालगन्ज:=थारु समुदायको मुख्य पर्व माघी नजिकिदै गर्दा थारु भाषाको म्युजिक भिडियो धमाधम सार्वजनिक भैरहेको छ । माघी पर्वलाई लक्षित गरि भर्खरै थारु भाषाको माघी रे भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
थारु समुदायको नयाँ बर्ष अर्थात महान पर्व माघीको अवसरमा रहेको माघी रे माघी रे रंगिल माघी रे नाचो नाचो कम्मर लचकाके भन्ने बोलको गीत सार्वजनिक भएको हो । अहिलेका चर्चित थारु मोडेल विवश चौधरी, सरोज चौधरी, सृजना चौधरी र छमी चौधरीको प्रमुख भुमिका रहेको माघी रे बोलको गितमा गायक अनिरुद्र चौधरीले स्वर दिनुभएको छ ।
चर्चित थारु मोडेल विवश चौधरी, सरोज चौधरी, सृजना चौधरी र छमी चौधरीको प्रमुख भुमिका रहेको माघी रे बोलको गितमा गायक अनिरुद्र चौधरीले स्वर दिनुभएको छ ।
गितको शव्द संगित अनिरुद्र चौधरी कै रहेको छ भने एरेन्जर केशव बडुले दिनुभएको छ । माघी रे बोलको गितको छायाङकन चेतन चौधरीले गर्नुभएको छ भने गितको सुटिङ बर्दियाको बार बर्दिया वेलभार भन्ने गाउँमा गरिएको मोडेल विवश चौधरीले जानकारी दिनुभयो ।
मोडेल विवशले दुई दर्जन बढि चर्चित गितमा मोडलिङग गरिसक्नु भएको छ । थारु भाषाको गितमा विवश चौधरीले नाम कमाइसकेका कलाकारको रुपमा परिचित भैसकेका छन् । माघी रे बोलको गितले माघ महिनामा तहल्का मच्चाउने कलाकार विवशको दावी छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu