हमार सनेश सहकर्मी,,
जनवरी/३ तारिख/बुधबार, क्वालालम्पुर,मलेसिया:=मलेसियामा सडक दुर्घटनामा परी घाईते भएका उदयपुर ताम्लिछा २ निवासी नगिन्द्र कार्कीलाई एनआरएनए मलेसियाले हवाई टिकट प्रदान गरि सहयोग गरेको छ ।
गएको महिना नोभेम्वर ६ तारिखका दिन साथी भेट्न रुम जाने क्रममा बिपरित दिसाबाट आइरहेको गाडीले ठक्कर दिदा कार्की दुर्घटनामा परेका थिए ।सो सडक दुर्घटनामा नगिन्द्र कार्कीको दायाँखुट्टा ४ ठाउँमा र बाँयाहात दुईठाउमा भाँचिएको र शरीरको विभिन्न अंगमा गम्भीर चोट लागेर लामो समय देखि हस्पिटलमा उपचार गराई यही डिसेम्वर २६ तारिख अस्पतालवाट डिस्चार्ज भएका थिए । अस्पतालमा लागेको खर्च करीव ३० हजार रिगेट नेपाली रकम ७ लाख ५० हजार रुपिया नेपाली राजदुतावास क्वालालम्पुरको पहलमा अस्पतालले छुट दिएको थियो भने डकुमेन्ट र सम्पूर्ण कागजपत्र दुतावासले नै मिलाएको थियो ।
निज विमारीलाई नेपाल पठाउँन तिन वटा टिकट लिएर हवाईजहाजमा सुताएर पठाउँन एनआरएनए मलेसियाले २ वटा टिकट र आफन्तबाट १ वटा टिकट सहयोग स्वरुप प्रदान गरेको थियो ।
निज कार्की ३० तारिख नेपाल पुगेर अस्पतालमा उपचार गराइ रहेका छ्न।
