सत्ताको दबाबमामा पर्यो नेपाली सेना/थारुहरूलाई टुँडीखेल दिएन !

Sunday, 13 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं:= कम्युनिस्ट सरकारमा रहेका केही मन्त्री र राजनीतिक दलका नेताहरूको चरम दवावमा नेपाली सेनाले थारु कल्याणकारिणी सभालाई टुँडीखेल दिन अस्वीकार गरेको रहस्य बाहिर आएको छ ।
थारु समाजसेवी एवम् थारु अगुवा मीनराज चौधरीले फेसबुकमा शनिबार राति स्टाटस लेखेर नेपाली सेनाले थारु समुदायमाथि विभेद गरेको आरोप लगाएका छन् । टुँडीखेलको माग गरेर थारु कल्याणकारिणी सभाले मगर समुदायले भन्दा पहिला नै सैनिक मुख्यालयमा पत्र दर्ता गराएको चौधरीले दाबी गरेका छन् ।
‘थारु राष्ट्रिय माघ महोत्सव २०७५ लाई टुँडीखेलमा भव्यरुपले मनाउन सैनिक खेलकुद तथा तालिम केन्द्रमा थारु कल्याणकारीणि सभाले सबैभन्दा पहिले नै पत्र दर्ता गराएको अवस्थामा सैनिक प्रशासनले विधि र विगतको नजिरलाई लत्याउँदै सरकार तथा राजनीतिक दवावमा धेरैपछि पत्र दर्ता गराएका मगर समुदायलाई टुँडीखेल उपलब्ध गराएर थप जटिलता उत्पन्न गराएको छ’, चौधरीले भनेका छन्, ‘यसप्रति गम्भीर भएर सम्बन्धित सबैले समस्याको समाधान खोजौँ ।’
थारु समुदायले हरके वर्ष टुँडीखेलमा माघी महोत्सव गर्दै आएको थियो । सत्तारुढ दलहरूका नेता तथा केही मन्त्रीहरूको दवावमा परेर नेपाली सेनाले टुँडीखेल नदिएपछि थारु समुदायले मनाउने माघी महोत्सव र चाढ प्रभावित हुने देखिएको छ ।
राष्ट्रिय थारु कलाकार मञ्चले पनि नेपाली सेनाद्वारा थारु समुदायले पहिला टुँडीखेल भाडामा लिनका लागि माग गरेरको निवेदन दर्ता गराएको भन्दै पछाडि गएर निवेदन दर्ता गराउनेहरूलाई राजनीतिक दवावमा टुँडीखेल दिएको भन्दै आपत्ति जनाएको छ । यो समस्याको समाधान नगरिए अप्रिय अवस्था सिर्जना आउन सक्ने मञ्चले चेतावनी समेत दिएको छ ।
नेपाली सेनाका प्रवक्ता याम ढकालले नेपाली सेनाबाट कसैलाई पनि अन्याय हुन नदिने बताए ।
‘सायद उहाँहरूको कार्यक्रम जुधेको होला । मैले पनि दुई दिन भयो जिम्मेवारी सम्हालेको यसबारेमा धेरै जानकारी छैन’, प्रवक्ता ढकालले भने, ‘नेपाली सेनाले सबैलाई बराबरी देख्छ । कसैलाई काखा र कसैलाई पाखा गर्नै । के भएको रहेछ मैले बुझ्नेछु । सकेसम्म समस्या नआउला ।’

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu