सांसद रेशम चौधरीलाई कानूनी उल्झन (पढेर सेयर गर्नुहोस्)

Tuesday, 2 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखक:=पत्रकार लखन चौधरी,,
पुस ७ गते सर्वोच्च अदालतका न्यायधिश टंक मोक्तानको एकल इजसासले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्र्वािचत सांसद रेशम चौधरीले निर्वाचित भएको प्रमाणपत्र तत्काल पाउन नसक्ने आदेश जारी ग¥र्यो ।
सांसद चौधरीले आफूविरुद्ध लागेको टीकापर घटना घटाएको अभियोगको कानुनी प्रक्रियाबाट बाहिर रहेको भन्दै सर्वोच्चले संविधान अनुसार अर्को सुविधा दिन नसक्ने ठहर गरेपछि उनको सिंहदरवारको यात्रामा तत्कालको लागि पूर्णविराम लागेको छ । आफूलाई निर्वाचन आयोगले प्रमाणपत्र दिनुपर्ने माग गरी वारेसमार्फत सर्वोच्चमा दायर गरेको निवेदनमाथि सुनुवाई गर्दै फरार अभियुक्तले अदालती प्रक्रियालाई छलेर संविधान र कानूनको प्रावधान अनुसारको सुविधा लिन नपाउने ठहर गरेको हो ।

सम्पन्न आमनिर्वाचनको मत परिणाम देशभर वामगठबन्धनमय भएको बेला कैलाली निर्वाचन क्षत्र नं. १ बाट अत्याधिक मतान्तरले बिजय सांसद रेशम चौधरीलाई लामो समयदेखि त्यही कानूनी उल्झनले गाँजेको छ ।
वि.स. २०७२ भदौ ७ गते सात जना प्रहरी र एक जना नाबालक मारिएको घटनाका आरोपी चौधरीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ । उक्त घटनाको मुख्य योजनाकार रहेको आरोप लागेपनि स्थानीयहरुले उनलाई ३४ हजार तीन सय ४१ फराकिलो मत प्रदान गरी प्रतिनिधि सदस्यमा निर्वाचित गराए । जबकी उनको निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनकी उम्मेदवार गरिमा शाह १३ हजार चार सय छ मतमै चित्त बुझाउनु प¥र्यो । त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार दुई सय तीन मतमै सीमित हुनु प¥र्यो । 

घटना घटाएको आरोप लागेपछि उनी झण्डै २६ महिनादेखि प्रवासमा बस्दै आएका छन् । प्रवासबाटै वारिसनामार्फत उम्मेदवारी दिएका उनी २० हजार नौ सय ३५ को मतान्तरले बिजय पश्चात उनी हालसम्म कानूनी उपचारकै दौडमै रहेका छन् । तर अझै सफल हुन सकिरहेका छैनन् । 
सर्वोच्चको उक्त निर्णय भएको केहि दिन अगावै सर्वोच्चका पूर्व न्यायधिस गिरिशचन्द्र लालको संयोजकत्वमा गठित उच्च स्तरीय छानविन आयोगले तराई–मधेस आन्दोलन सम्बन्धी तयार पारिएको स्थलगत अनुगमन तथा छानविन प्रतिवेदन वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझायो । प्रतिवेदन अनुसार उनी घटनाको मुख्य योजनाकार नभएको उल्लेख गरेपछि उनको प्रवास बसाई समापन हुने आँकलन धेरैको थियो । तर उक्त प्रतिवेदन पूर्ण रुपमा सार्वजनिक नगरिनु र कार्यान्वयन प्रक्रियामा नजानुले उनको कानूनी उल्झन झन–झन लम्बिदै गएको हो ।

को हुन् रेशम चौधरी ?

कैलाली जिल्लाको जानकी गाउँपालिका ६ (साविक दुगौली गाविस ९) जगतपुरमा २०३४ साल असोज २१ गते बुवा लालविर चौधरी र आमा सुल्फी देवी थारुनीको कोखबाट जन्मेका उनी बाल्यकालदेखि नै खेलकुद, साहित्य, गायनदेखि वाककलामा रुची राख्थे ।
प्राराम्भिक शिक्षा राष्ट्रिय प्राथमिक विद्यालय पटाभार बर्दियाबाट र माध्यमिक शिक्षा टीकापुरस्थित विरेन्द्र विद्या मन्दिरबाट लिएका उनी त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्  ।०४७ सालमा माध्यमिक स्तरको थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधान सम्पादक रहेका उनी ०५१ सालमा विरही नामक कविता संग्रह र मोर विहान नाम क्ति समेत प्रकाशन गरेका छन् । साहित्य र पत्रकारितामा दख्खल राख्ने उनको रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारिता गरेको अनुभव छ । हाल टीकापुर, बर्दियाको भुरी गाउँलगायत तीन ठाउँमा उनको फूलवारी एफएम स्थापना भएको छ । तर टीकापुर घटनापछि टीकापुरमा रहेको उनको एफएममा आगजनी भएपछि हाल बन्द रहेको छ ।

गायन तथा साँगितिक क्षेत्रमा पनि अब्बल मानिने उनी रेडियो नेपालबाट गीत गाउने पहिलो थारु गायक तथा क श्रेणीको गायक मानिन्छन् । उनले हालसम्म ९३ वटा सांगितिक एल्बम निकालेको बताउँछन् ।
खेलकुदमा अति नै शौखिन उनी काराँतेमा थ्री डन गरेका छन् । भने खेलमै स्थायी जागिरे समेत भए ।
जुनकारण उनलाई राष्ट्रिय प्रतिभा पुरस्कार, बहुमुखी प्रतिभा पुरस्कार, गोरखा दक्षिणबाहु, ठाकुरनाथ स्मृति पुरस्कार, दैवी प्रकोप उद्धार पदक, शुभ राज्याभिषेक पदकलगायत थुप्रै राष्ट्रिय पुरस्कार तथा पदकबाट सम्मानित भएका छन्  ।

रेशमलाई अत्याधिक भोट किन ?

बहुमुखी प्रतिभाका धनी रेशम चौधरी टीकापुर घटना र हालको निर्वाचनले मात्रै चर्चामा छैनन् । उनी बेला बखत चर्चामा रहने व्यक्तित्व मध्येका एक हुन् । उनको चर्चा हुनुको केहि कारण छ । सञ्चारको पहुँच नपुगेको तत्कालीन टीकापुरमा फूलवारी एफएम सञ्चालन गर्नु मात्रै नभर्ई, टीकापुरमा फूलवारी महोत्सव सञ्चालन गरी नेपालभरका कलाकारहरुको कुम्भ मेलाको आयोजना गर्ने नै उनै रेशम हुन् । हात्तीहरुको फुटबल खेल देखाउने, रेसलिङ खेल देखाएर पनि उनी निकै चर्चामै हुन्थे । त्यतिमात्रै नभई, कुनैबेला हेलिकप्टरमार्फत टीकापुरमा पुष्प वर्षात गराउने पनि उनै हुन  ।

टीकापुरको लागि नौलो गतिविधि गरेर उनी टीकापुर र आफ्नो सामाजिक छवि बढाए । यिनै छविकै कारण उनको आवश्कता महसुस गरी टीकापुरको स्थानीयहरुले हालको निर्वाचनमा अत्याधिक भोट दिई बिजय गराएको धेरैको विश्लेषण छ ।
टीकापुर घटनापछि कफ्र्युको समयमा थारुहरुको घरमा आगजनी भयो भने आगजनीमा संलग्न कोहि पक्राउन नपरेन । तर उनलाई राज्य पक्षले एकोहोरो रुपमा घटनाको मूख्य योजनाकारको आरोप लगायो । यस्ता विभिन्न कारणले थारु समुदायले आफुहरु हेपिएको, दमन गरिएको, अन्यायमा परेको महसुस गरेको बताइन्छ । यस्ता भावनाको कारण पनि थारु गैरथारु मतदाताहरुले पनि एकलौटी रुपमा रेशमलाई भोट दिएको थारु अगुवाहरु बताउँछन् ।

थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले अगाडी भने–‘सबै राजनीतिक दलले थारु समुदायको माग मुद्धालाई वेवास्ता गर्दै गएका छन् । तर माग मुद्धा उठाएकै कारण कोहि जेलमा पर्नु, प्रवासी बन्नु पर्ने बाध्यता भएको छ । जुनकारण थारु मतदाताले आफ्नो आस्थाको आधारमा नभई नैतिकता र टीकापुर घटनाको पीडितहरुलाई न्याय दिनुपर्छ भनेर पनि भोट दिए, यसलाई राज्यलगायत सम्बन्धित पक्षले गम्भिर ढंगले लिनुपर्ने जरुरी छ ।’
नेपालको नयाँ संविधान बन्ने क्रममा अखण्ड सुदूर पश्चिम र थरुहट÷थारुवान आन्दोलन उत्कर्षमा पुग्यो । हालको संविधान अखण्ड सुदूरपश्चिम पक्षधरको मात्रै माग सम्बोधन गरेको छ भने थरुहट पक्षधरको माग मुद्धा सम्बोधन भएन । जुनकारण थारु समुदाय सामाजिक र मनोवैज्ञानिक रुपमा हारेको महसुल गर्दै आएका छन् । उक्त पीडा थारु मतदाताले निर्वाचनमार्फत व्यक्त गरेको थारु अगुवाहरुको बुझाई छ ।

चुनावी प्रचार प्रसारको क्रममा पनि रेशम चौधरीको प्रचारशैली निकै पृथक थियो । उनले सामाजिक सञ्जालसहित आधुनिक प्रविधिको प्रयोग गरी आफ्ना प्रचारकहरुलाई चुनावी घरदैलोमा खटाए । एकदमै मार्मिक र यथार्थपरक विषयवस्तुको कारण पनि उनी मतदाताको मन जितेको बताइन्छ । उनी निर्वाशित भएपनि प्रोजेक्टरमार्फत गाउँ–गाउँमा आफ्नो पीडा सुनाएर जनताहरुको सहानुभुती लिन सफल भए । जुन चुनावी प्रचारकै क्रममा उनको प्रचारकहरुमाथि प्रहरी हस्तक्षेप पनि भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu