दाङको तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने 

Monday, 25 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

निता चौधरी,,
तुलसीपुर:=दाङको तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । भुह्याँर थान निर्माण समिति तुलसीपुरको आयोजनामा पुस २३ गते माघी विशेष कार्यक्रम हुन लागेको हो ।
समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहेको भुह्याँर थान मन्दिरमा माघी विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ ।

थारु समुदायको विशेष पर्व माघीको पहिचान संरक्षण र आफ्नो कला र संस्कृति पछिल्लो पीढीहरुमा हस्तान्तरण गर्न सहज हुने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको समितिका अध्यक्ष चौधरीले बताउनुभयो । साथै बैठकले भूह्यार थानमा एक वर्षभित्र सभाहल बनाउने निर्णय गरेको छ ।
बैठकमा थारुहरुको सम्पत्ति र पहिचान भुह्याँर थान रहेको सहभागीहरुको भनाइ रहेको थियो । बैठकमा तुलसीपुर नगर विकास समितिका पूर्व अध्यक्ष इन्द्रजीत चौधरी, स्वास्थ्यकर्मी समाज दाङको अध्यक्ष जीवराज चौधरी, तुलसीपुर महतवा नगर समितिका संयोजक बुझौना चौधरी, नेपाल आदिवासी महासंघ दाङ नगर समितिको सहसचिव कल्पना चौधरी, भुह्याँर थानका सदस्य चन्द्रलाल चौधरी, जनक चौधरी, थारु वुद्धिजीवि केवि चौधरी र सहिराम चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

(स्थानीय एकता टोल विकास संस्था र चौधरी युवा मिलन क्लवको संयुक्त आयोजनामा मोतीपुरमा यही पुस २५ गते माघी मिलन तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।)


बैठकको सहजीकरण भुह्याँर थान निर्माण समितिका उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।  त्यसैबीच थारु सांस्कृतिको संरक्षणका लागि तुलसीपुर ७ मोतीपुरमा साँस्कृतिक प्रतियोगिता हुनेभएको छ । स्थानीय एकता टोल विकास संस्था र चौधरी युवा मिलन क्लवको संयुक्त आयोजनामा मोतीपुरमा यही पुस २५ गते माघी मिलन तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

एकता टोल विकास संस्थाका अध्यक्ष छोटीलाल थारुको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमलाई सफल पार्नकालागि विभिन्न समिति तथा उपसमितिहरु पनि गठन गरेको छ । बैठकले दामु चौधरीको संयोजकत्वमा ६ सदस्यीय मुल समिति गठन गरेको छ । समितिको सदस्यहरुमा मनवीर चौधरी, सुशील चौधरी, बुद्धिराम चौधरी, मैया चौधरी र मोहनलाल चौधरी रहेका छन् ।
त्यस्तै चन्द्रमान चौधरीको संयोजकत्वमा सूर्यबहादुर चौधरी, लक्ष्मण चौधरी र कुलबहादुर चौधरी सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । चन्द्रलाल चौधरीको संयोजकत्वमा प्रमिला चौधरी, सपना चौधरी र बालाराम चौधरी सदस्य रहेको स्वयंसेवक तथा युवा परिचालन समिति गठन गरिएको छ । त्यस्तै बसन्ती चौधरीको संयोजकत्वमा शिवा चौधरी, कृष्णी चौधरी, गोमा चौधरी र दशु चौधरी सदस्य रहेको महिला संयोजक समिति गठन गरिएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu