थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तुको बैठक सम्पन्न

Wednesday, 16 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
श्याम सिटी.,
कपिलवस्तु := थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तुको बैठक बाणगंगा नगरपालिका वडा नं ४ अवस्थित बुद्ध सनेस साप्ताहिक पत्रिकाको कार्यालयमा आज सम्पन्न भएको छ ।

सम्पन्न बैठकले १२ बुँदे बार्षिक कार्ययोजना सम्पन्न गर्ने निर्णय गरेको छ । जस्मा अक्षयकोषलाई पूर्णता दिने,थारु पत्रकारको संख्या बृद्धि गर्न पत्रकारिता तालिम संचालन गर्ने,थारु समुदायलाई शिक्षामा सचेत पार्नका लागि थारु अगुवा,जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया गर्ने,थारु भाषा,भेषभुषा,कला तथा संस्कृति संरक्षण गर्नका लागि विभिन्न रचनात्मक कार्य गर्ने,क्रियशिल थारु पत्रकारहरुलाई प्रोत्साहनका लागि सम्मान गर्ने लगाएतका रहेका छन । 

बैठकले थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्य समितिको जेठ ११ र १२ गते नवलपरासीको अमलटारीको होमस्टेमा हुन गइरहेको बृहत बैठकका लागि यस थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तुका कोषाध्यक्ष सीमा थारु र सदस्य सृजना थारुलाई प्रतिनिधिको रुपमा छनौट गरि पठाउने निर्णय गरेको छ । त्यस्तै यस थारु पत्रकार संघले नियमित मासिक बैठक बस्ने तथा मासिक बचत गर्ने निर्णय समेत गरेको छ । 

बैठक थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तुका अध्यक्ष श्याम सिटीको अध्यक्षता तथा सह सचिव द्वारिका प्रसाद थारुको संचालनमा सम्पन्न भएको थियो । 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu