जोहोरबारुमा फेब्रुअरी १६ तारिख चाइनिज न्यु इयर कन्सर्ट 2018 हुने

Saturday, 20 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
दिप खादी लिम्बु,,
क्वालालम्पुर:=आगामी फेब्रुअरीको १६ तारिक सगुन सास्कृतिक मन्च र रेस्टुरेन्ट पाहुना घरले संयुक्त रुपमा ५ औ (चाइनिज न्यु इयर कन्सर्ट 2018)नामक सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।मलेशियाका चिनिया नया बर्षको सार्बजनिक बिदालाइ सदुपयोग गरि उक्त कार्यक्रमको आयोजना गरिएको हो।आयोजकको अनुसार नेपालका ख्याती प्राप्त कलाकारहरुको उपस्थितीमा सो कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिएका छन।

उक्त मनोरञ्जनात्मक कार्यक्रममा एपि.वन.एच.डी टेलिभिजन द्वारा संचालित नेपाल आइडल टप-४ का प्रतिस्पर्धी गायक सागर आले मगर,चलचित्र लुट २ को ठमेल बजार गित बाट एकाएक चर्चित बन्न पुगेकि सफल मोडल एलिसा राई लगायत हाउ फन्नी’ र ‘वीर विक्रम’ चलचित्रकि ‘सरेँ सरेँ र ‘पूर्वैको मारुनी’ र चर्चित गायक राजेश पायल राईसँगको पछिल्लो युुगल गीत फुलै फुलको मौसम तिमिलाइ जस्तो चर्चित गायिका दिपा लामाको दम्दार प्रस्तुती रहने छ।

भने अर्का तिहुन मिठो बनायो चुकैले” बाट लोक दोहोरी गायिका भुमिका गिरि र हर्के हल्दार टेलि सिरयलको मुख्य पात्र हास्य कलाकार बिष्णु सापकोटा र पप गायक सुनिल मगर पनी मलेसियाको विभिन्न शहरहरुमा आउने भएका छन ! भने मलेशिया लाई कर्म थलो बनाइ श्रम गरिरहेका दर्जनौं स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने भएको छ।
कार्यक्रमको समय तालिका निम्न बमोजिम रहेको छ।
स्थान:- न्यु योर्क होटल जेबि
समय :- १२:०० देखि साझ ६” बजेसम्म
मिति:१६ फेब्रुअरी २०१८

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu