अविनाश चौधरी गोरखापत्रका उत्कृष्ट समाचारदाताको रुपमा सम्मानित ।

Tuesday, 7 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

केर्नी न्युज,,

धनगढी:= गोरखापत्र दैनिकका धनगढी समाचारदाता अविनाश चौधरी उत्कृष्ट समाचारदाताको रुपमा एक कार्यक्रमकाबीच सम्मानित भएका छन् ।
गोरखापत्र संस्थानको ५७ औं वार्षिकोत्सव, गोरखापत्र दैनिकको ११९ औं वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सोमबार संस्थान प्राङ्गणमा आयोजित कार्यक्रममा समाचारदाता चौधरी सम्मानित भएका हुन् ।

कैलालीको धनगढीबाट लक्की चौधरीको सम्पादन तथा प्रकाशनमा सञ्चालित हमार पहुरा अर्धसाप्ताहिक, दैनिकबाट समाचारदाता चौधरीले पत्रकारिता शुरुगरेका थिए । अहिले गोरखापत्रको धनगढी समाचारदाताका साथै पश्चिम टुडे स्थानीय दैनिक पत्रिकामा पनि चौधरी आवद्ध छन् ।
चौधरीलाई संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले नगद १० हजार रुपियाँसहित सम्मानपत्रले सम्मानित गर्नुभयो । चौधरीलाई संस्थानका विज्ञ सल्लाहकार टीकाराम राई, सम्पादक सल्लाहकार गोपाल खनालले टीका तथा माला लगाएर सम्मान प्रकट गरे । चौधरीसँगै अन्य आठ जना समाचारदाता पनि सो अवसरमा सम्मानित भएका थिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu