रोजगारीको लागी मलेसिया आएका नेपालीहरुले बनाएको चलचित्र ३ साल युट्युबमा सार्वजनिक

Tuesday, 1 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी ,,
मलेसिया:= रोजगारीका लागि मलेसिया आएका नेपाली युवाहरूले अभिनय गरेर बनाएको चलचित्र तिन (३) साल युट्युबमा बुढासुब्बा म्युजिकको च्यानल मार्फत सार्वजनिक भएको छ ।

मलेसिया आउने कामदारको करार अवधि तीन बर्षको हुने र त्यही अवधिका बिचमा हुने कामकुरा देखाइएको निर्माण पक्षले बताए। नेपालबाट आएदेखि नफर्किंदासम्म मलेसियामा भोग्नुपर्ने समस्या, बिताउने जीवनशैली र गर्नुपर्ने कामलाई चलचित्रमा देखाइएको छ ।

मञ्जरी थियटर ग्रुप मलेसियाको प्रस्तुती रहेकोे चलचित्रमा अमीर माबो, रबिन मगर, विशाल बेघा, सुस्मा लिम्बुलगायतको युवा,युवतीहरुले मनमोहक अभिनय गरेको छ । मनिपाल राई, कृष्णकुमार राईले संगीत भरेको चलचित्रमा कृष्णभक्त राई, चन्द्रकला राई र नरेन्द्र माबोले स्वर दिएका छन् ।

हेमन्त माबो र बालन्दो माबोको शब्द रहेको चलचित्रको कथा, निर्देशन र छायाङ्कन बालन्दो माबोले नै गरेका छन् । चलचित्रको छायांकन,भिडियो मलेसियाको विभिन्न रमणीय नगरी,कम्पनीहरुमा खिचिएको हो।
तलको लिङ्कमा क्लिक गरेर पूरा फिल्म हेर्नूहोस् :- 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu