अठवाँ कपिलवस्तु माघी,खिचडी महोत्सव २०७४ भब्य सम्पन्न

Saturday, 20 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बुद्ध सनेश,,
कपिलवस्तु:=थारु भाषा,कला,संस्कृति हम्मनके शान,आदिवासी थारु हमरे बचाई आपन पहिचान भन्ने मूल नाराको साथमा अठवाँ कपिलवस्तु माघी खिचडी महोत्सव २०७४ यही माघ २ गते देखि शुरु भएको महोत्सव माघ ४ गते वाणगंगा ११ हथौसाको मेला स्थलमा सम्पन्न भएको छ।
थारु समुदायको महान पर्व एवं नव वर्षको अवसर पारेर हरेक वर्ष महोत्सव गरि माघी मनाए जस्तै यस वर्ष पनि भब्य रुपमा आठौं कपिलवस्तु माघी खिचडी महोत्सवको आयोजना गरिएको थिया । थारु भाषा,कला,संस्कृति,पहिचान जोगाउनुको साथै शिक्षा,जनचेतना जगाउनु पनि उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमको समुदघाटन भूमि सुधार एवं व्यवस्था मन्त्री नेपाल सरकार डा.गोपाल दहित थारुद्वारा भएको थियो । महोत्सवमा थारु रेकर्ड डान्स,झुमरा,झर्रा,सजनी विरहनी प्रतियोगिता एवं मयुर नाँच,लाठी नाँच,हुरडुङ्गवा नाँच प्रदर्शन गरिएको थियो । यहाँका स्थानिय गाँउ गाँउबाट आफ्नो भेष भूषामा सजिएर झाँकी प्रदर्शन गरिएको थियो । झाँकी प्रदर्शनमा मगर संघ नेपालको पनि सहभागिता रहेको थियो । राष्ट्रिय गायक कलाकारहरु राम कुमार कठरिया,समिक्षा थारु,खेम थारु,रोशन रतगैयाँ,गणेश थारु,श्याम सि.टी.सीमान्त थारु,दिपेन्द्र थारु लगाएतका कलाकारहरुको प्रस्तुति रहेको थियो । त्यस्तै महोत्सवलाई रौनक बनाउनको लागि मिस थारु २०१७ का जेनिशा थारुको क्याट वाक प्रदर्शन गरिएको थियो । त्यस्तै थारु मोडेल बीर थारु र एलिसा थारुको सो डान्स प्रस्तुतिकरण रहेको थियो ।
झुमडा प्रतियोगिता अन्तर्गत प्रथम स्थानमा मोर्मी गाँउ समाज,दोस्रो स्थानमा विहनियाँ सांस्कृति समूह वाणगंगा ३ बभनी,तेस्रो स्थानमा जनचेतना युवा क्लब वाणगंगा ५ बैदौली र महादंगा युवा क्लब वाणगंगा १० करैलिया सान्त्वना स्थान हासिल गरेका छन । थारु रेकर्ड डान्समा हथौसा गाँउ समाज वाणगंगा ११ हथौसा प्रथम,स्टार युवा क्लब मोर्मी दोस्रो, सुर्योदय युवा क्लब पश्चिम जिनवा तेस्रो र कंचनजंघा युवा क्लब गारुसिगें सान्त्वना स्थान हासिल गरेका छन ।

महोत्सवको समापन थारु जागृति युवा क्लबका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक दशरथ थारुको अध्यक्षता,वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता रहेको थियो भने समाजसेवी गणेश थारु,रामशंकर थारु लगाएते  शुभकामना मन्तब्य राख्नु भएको थियो भने श्याम सिटी,सीमा थारु र सृजना थारुको संचालनमा सम्पन्न भएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu