चितवनमा दुई ठूला महोत्सवको तयारी तीव्र/समय एउटै तर उद्देश्य फरक

Friday, 5 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

होमनाथ सापकोटा,,
रत्ननगर/चितवन:=पूर्वी चितवनका दुई वटा नगरपालिकामा एउटै समयमा दुई महोत्सव सुरू हुँदैछ।
रत्ननगरको टिकौलीमा चितवनको दोस्रो पुरानो रत्ननगर महोत्सव हुँदैछ भने खैरहनीको गौचरनमा थारु समुदायको खिचरा महोत्सव हुँदैछ । रत्ननगर महोत्सव पुस २७ गते उद्घाटन हँुदैछ । त्यसको एक दिन पछि पुस २८ गतेबाट खिचरा महोत्सव सुरू हँुदैछ । तर, दुई महोत्सवको उद्देश्य भने फरकफरक रहेका छन् । रत्ननगर महोत्सव जिल्लाको आर्थिक र व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको छ भने खिचरा महोत्सव थारु समुदायको सांस्कृतिक मह¤व उजागर गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सव नजिकिँदै गर्दा रत्ननगर महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघले तयारी करिब अन्तिम चरणमा पुगेको जनाएको छ । उता खिचरा महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले तयारी तीव्र पारेको जनाएको छ । एउटै भूगोलमा दुई ठूला महोत्सव एकै साथ हुँदा अवलोकनकर्ताको सहभागिताको हिसाबले एक आर्कालाई असर पु¥याउने चर्चा चलिरहेको छ । तर, दुवै आयोजकहरु उद्देश्य फरक फरक रहेकाले एउटा महोत्सवले अर्को महोत्सवलाई असर नगर्ने दाबी गरेका छन् । रत्ननगर महोत्सवका संयोजक तथा संघका अध्यक्ष राजाराम रेग्मीले उद्देश्य फरक रहेकाले दुवै महोत्सवलाई असर नपुग्ने बताए । रत्ननगर महोत्सवका करिब ८० प्रतिशत काम सकिएको संयोजक रेग्मीले बताए । महोत्सवमा रहने ४५० वटा स्टलहरु बुक भइसकेको र निर्माणको काम पनि सकिएको उनले जानकारी दिए । प्रत्येक दुई वर्षको अन्तरालमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक मह¤वका क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्य रहेको संयोजक रेग्मीले बताए । जिल्लाको सर्वपक्षीय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने छ ।

यस पटकको महोत्सवमा पाँच लाख बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । महोत्सवमा बृहत् व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाइ प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको छ । स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजन प्रदर्शनीमा प्रदर्शनको व्यवस्था गरिने छ ।
महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी पनि सञ्चालन गरिने छन् । महोत्सवअन्तर्गत माघ २ गतेदेखि ६ गते टाँडीचोकमा फुड फेष्टिबल गरिने छ । उता खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । स्टल निर्माण, प्रचारप्रसार र स्वागत गेट निर्माणलगायत करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिए ।
यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिँचर रहने छ । साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ । माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सव परिसरमा सजावटको काम भइरहेको छ । महोत्सवमा २०० कक्ष रहने छ । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० तथा विद्यार्थीका लागि २५ शुल्क लाग्ने प्रचारप्रसार समितिका संयोजक कारी महतोले जानकारी दिए । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारू सङ्ग्रहालय र ई–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ । रत्ननगर महोत्सव उपराष्ट्रपति नन्दबहादुर पुनले र खिचरा महोत्सव पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने आयोजकले जनाएका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu