मलेसियामा आयोजना हुने थारु माघी महोत्सवको त्यारी लगभग पुरा/थारु खाना परिकारको फ्रि ब्यवस्था

Friday, 5 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
जनवरी,५ तारिख/क्वालालम्पुर/मलेसिया:=मलेसियाको इतिहासमै पहिलो चोटि प्रवासी थारु सेवा समाज मलेसियाको प्रमुख आयोजनामा हुन गैइरहेको थारु माघी महोत्सव तथा संस्थाको प्रथम बार्षिक उत्सव कार्यक्रमको त्यारि लगभग पूरा भै सकेका छ्न।
थारु सेवा समाजका बर्तमान अध्यक्ष मनिराम थारुको भनाइ अनुसार यहि महिना जनवरी १४ तारिख आइतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित एरिना स्टार होटेलमा बिहान १०:०० बजे नेपाल लगायत यहाँ मलेसियामा समस्यामा ,दु:खमा परेका थारु पीडितहरुको सहयोगार्थ आयोजना हुन लागेको यस् माघी महोत्सव तथा प्रथम बार्षिक उत्सव कार्यक्रमको उद्घाटन नेपालबाट आमन्त्रित श्रम तथा रोजगार राज्य मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा,संघीय मामिला तथा स्थानीय बिकास राज्य मन्त्री जनकराज चौधरीको र नेपाली राजदुतावास मलेसियाको विशेष आतिथ्यतामा तथा यहाँ रहेका विभिन्न जातिय संघ संस्थाका पदाधिकारीहरु ,राजनितीक दलका भातृ संगठनहरु,थारु लगायत नेपालीहरुको उल्लेखनीय सहभागीताको बिच कार्यक्रमको समुदघाटन हुने बताउनु भयो।

समाजका बर्तमान महासचिव सरोज चौधरीको भनाइ अनुसार माघी महोत्सवमा प्रमुख आकर्षणको रुपमा थारु खानाको परिकारको फ्रि ब्यवस्था/नेपालबाट अतिथि कलाकारको रुपमा आउने नयाँ जेनेरेशनका हट चर्चित थारु गायक,गायिका,मोडेल,डान्सर,थारु फिल्म निर्देशक,कलाकार राज कुश्मी र अन्जु कुश्मीको जोड्दार नृत्यको साथ साथै मलेसियामा रहेका चर्चित स्थानीय कलाकारहरु रमित तामाङ,अभिनाष तामाङ,सरिता तामाङ,सुबिना तामाङ ,हिदम तामाङ ,कोष बोम्जन तामाङ
Dj राज तामाङ लगायतको स्थानीय थारु कलाकारहरुको पनि जोड्दार प्रस्तुति रहने भन्नु भयो।
साथै कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरु,कलाकारहरु, पत्रकारहरु लाई सम्मान पनि गरिनेछ ।

कार्यक्रमको प्रायोजकमा परदेशी रेष्टुरेन्ट एण्ड परदेशी धमाका क्वालालम्पुर, रेष्टुरेन्ट मण्ड्ला र सहयोगी संस्थाको रुपमा थारु साहित्यम लौव युवा फाउन्डेसन मलेसिया ,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया रहेका छ्न।मिडिया पार्टनरमा हमार सनेश डटकम,थरुहट ड्टकम,हमार पाहुरा,नयाँ अनलाइन,मजदुर अनलाइन,घुङ्गी डटकम,थारु कम्युनिटि फेसबुक पेज,दर्पन नेपाल,प्राइम मिडिया ब्रोड काष्टिङ,बर्दिया अनलाइन,ग्लोबल दैनिक लगायतको विभिन्न अनलाइन मिडिया र पत्रपत्रिकाहरु रहेका छ्न।
( नोट :- माघी महोत्सव कार्यक्रममा प्रबेश गर्न टिकटको ब्यवस्था गरिएकोले सहयोग स्वरुप टिकट किन्नको लागी र कार्यक्रमको बारे बिस्तृत जानकारीको लागी तल दिइएको निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछन ।+60109427402/011-3344 7339/017-591 9234/010-249 2412/011-2681 2713 )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu