हमार सनेश सहकर्मी,,
प्रिय मित्रजन आज एउटा लेख कोसेलीको रुपमा चढाउँदैछु । यो विषयस्तुमा लेख् लामो हुनेभए पनि जतिसक्दो छोट्याएर लेख्ने कोशिश गरेकोछु ।
★★★★★★★★★★★★★★★★
" वनभोज "
वनभोजको शुरुआतको पृष्टभूमि पौराणिक राम कथा सित सम्बधित भएता पनि वनमा गएर मिलीजुली भोज खाई मौज,रमाइलो गर्ने चलन एकता , मैत्री र प्रेमले ओतप्रोत कुनै मानिसको ह्रदयको उपज हो भन्न सकिन्छ।
धेरै धैरै वर्ष अघिदेखि नै वनभोज खाने अथवा खेल्ने चलन चलिआएको हो वनभोजलाई वनभाता नामले पनि बुझिन्छ।
आजको समयमा जस्तो उहिले मनोरन्जनका साधनहरु प्रशस्त थिएनन् । एउटा मनोरंजनकै रुपमा पनि गाउँका प्रत्येक घर मिलेर वनभोज खानेगर्थे । घरमा नै भएका चामल , दाल , हरदी , साग,सब्जी,तिउना इत्यादि घर घरबाट बटुलिन्थ्यो अनि खरीद गर्नपर्ने सामग्रीहरुका निम्ति पैसा उठाइन्थ्यो । त्यो समयमा गाडी़ प्रायःनपाइने हुनाले गाउँदेखि नजिकैको घमाइलो र रमाईलो चउर भएको अनि पानी पाइने ठाउँतिर अथवा खोलाको बगरतिर गएर वनभोज खाने गरिन्थ्यो । खेतीबाली उठाएर धान , दालहरुले ढिकुटी भरिएपछि मंगसीर महीनालाई वनभोजको निम्ति चुनिन्थ्यो । गाउँले सबै मिलेर खेलिने वनभोजमा मानिसको संख्या धेरै नै हुनेभएको हुनाले खसी , भेडा़ , कुख्राहरु पनि काटिन्थ्यो । साथै जाड़-रक्सी पनि चलन चलतीमा हुन्थ्यो । शाहकारी र मदमदिरा सेवन नगर्नेहरु आफ्नै तरिकाको भोजनहरु पकाएर खान्थे । भोज खाँदै मादल , झ्याली , खैजडी़ , हारमोनियम आदि वाद्ददनहरु बजाउँने गाउनु , नाच्नु वनभोजको अनिवार्य पक्ष थियो ।
वर्षामा एकपल्ट गाउँलेहरु मिली जुलि सामूहिक रुपमा वनभोज् खाँदै रमाईलो गर्दा आपसी प्रेम , सदभावना , भाईचारा अनि एकता कायम रहन्थ्यो । बुढा पाका , तरुनी , तन्नेरी , बाल बालिका सबै नै यस्ता वनभोजमा अंशग्रहण गरेर रमाउंथे । उहिले हामी केटाकेटी हुँदा घरबाट एक एक गिलास चामल उठाएर कसैको घरबाट खानेतेल , कसैको बाट नुन , हरदी इत्यादि बटुलेर अर्काको बारीको रायोसाग चोरेर बारीको कान्लामा ढोड़कै आगोमा चार घण्टा लगाएर रायोको सागको झोलसित आधकल्चो पाकेको भात खाएको पनि एउटा रमाईलो वनभोज नै थियो । त्यो नानिहरुको वनभोज खेल्ने रहरको एउटा उदाहरण थियो ।
समयको परिवर्तनसितै , सविधा , सुगमता अनि सम्पन्नताको वृद्धि सितै वनभोजले नायाँ-नायाँ रुपलिएकोछ । अचेल यो वनभोज पकनिकमा परिणत भएकोछ । प्रायः ग्रीष्मकालभरी नै पिकनिक खेलिन्छ । पहिलो जनवरी त पिकनिकको पर्याय नै बनेकोछ । अचेल दुइ चारवटा गाडी़ रिजर्व गरेर , तेसमाथि निजी बाहन पनि प्रयोग गरेर माईक,साउण्ड बजाउँदै कम्तिको पनि पिकनिक स्पट पुग्न्न तीन घण्टा समय लाग्ने खोलाको बगरमा गएर पिकनिक खेलिन्छ ।बगरमा पुग्नेबितिक्कै भद्र पुरुषहरु चटाई ओछ्याएर तास खेल्न थालिहालछन्।आधुनिक भद्र महिलाहरु पनि आरक्षणको आधारमा पुरुषहरुको सिको गरेर तास नै खेलछन्। पकाउनेहरु पकाएको पकाएकै , खटने खटेको ख्टेकै । तास खेलनेहरुको साइडमा मदिरा , कर्चीमर्ची र मटन फ्राईहरु आएको आएकै । भद्र महिला , पुरुषहरु जिब्रो पड़काएको पड़काएकै । झमक्क् साँझ परेपछि हलुवामा बालुवा भनेजस्तो बालुवासरीको भात , मासु चबार चुबर खान्छन् अनि गाडी़मा चढेर वनभोज खाएर फर्केको हो कि रणभोज खाएर फर्केको पत्तै नपाई राती दश/ आघार बजी घर पुग्छन । यो पिकनिक युवावर्गको निम्ति पनि एउटा विशेष विशेषता बोकेको मनोरंजनको साधन साबित भएकोछ बैशालु युवा युवतीहरु मोटो रकम मिलाएर पिकनिक जान्छन । दशजना मात्र अटाउने गाडी़मा तेह्र, चैधजना खादिएर बसछन । कोही केटी केटाको काँखमा र कोही केटा केटीको काँखमा बसेर अड्जस्ट गर्छन् । यी पिकनिक टोली पनि धेरै टाडा खोलाको बगरमा नै पुग्छन । खाना पकाऊने लन्ठा तेत्ति गर्दैनन , प्याकेट लञ्च र इसन्याक्स , फाइड मिटहरु लगेका हुन्छन । बालुवाको बगरमा बसेर बियर , ब्रिज़र अनि हार्ड ड्रिंक्स पनि सोडक्याउन थालछन । सिगरेटको धुवांले बादलसित प्रतिस्पर्धा गरेको जस्तो ह्वश्य पनि देख़पाईन्छ । जोड़ी जोड़ी बाधिएर नाच्छन् , गाउछन् अनि रमाउछंन् , साँझले विदा लिईसकेपछि उनीहरु पनि बगरबाट बिदा लिन्छन। गाडी़मा चढ़छन् । मदिराले होश उडा़ए पनि जोश चै थपिदिएको हुनाले गीत गाउछन् , चिच्याउछन् , सिटमा बसी ससी नाच्छन् पनि । गाडी़ चलाउन असुविधा पनि बनाउछन् चालकलाई । रमाईलो गर्नुपर्छ तर कुनै पनि कुराले सीमा नाघ्नु हुदैन , गुड़ पनि बेसी खायो भने तितो हुन्छ भनिन्छ । यसरी उत्तउलो गर्दा धेरैपल्ट अप्रिय घटनाहरु घटेको हामीले देखेकाछौं , सुनेकाछौं । वनभोज खान गएका केटाकेटीहरुलाई खोलाले बगायो भनेको पनि सुनेकाछौं ।
वनभोज पनि हाम्रो परम्परा र संंस्कारको एउटा अंग हो।यसका सबल र सकारात्मक पक्षहरु पनि छन् । हामी वनभोज खाउँ तर वनभोजले हामीलाई नखाओस्।
[लेखक/ रचना= भागवत चौधरी /सप्तरी]