नेपाल आइडलकि मेनुका पौडेलले ल्याइन नयाँ कोशेली जुनको टीका लगाएर बोलको गीत

Friday, 26 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कृष्ण भीर , मलेसिया
नेपाल आइडल टप ११ बाट बाहिरिएकि मेनुका पैडेल आजभोलो निक्कै ब्यस्त हुन थालेकी छिन् । झापा जिल्ला हल्दिबारी गाउँपालिका वा.न ४ स्थाही घर भएकी मेनुका पौडेल बाल्यकाल देखिनै गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन स्कुल या घरमा एक्लै रहदा उनको साथी भनेकै एकलै भएपनी रेडियो क्यासेटमा बज्ने गीतनै हो उनी भन्छिन् । सानैदेखि मेहनती र लगनशील भएकैले होला २०७२ सालमा रेडियो नेपालले बर्षेनि गर्दै आएको राष्ट्रिय स्तरिय खुल्ला आधुनिक गायक प्रतियोगितामा साहित्यकार एवं गीतकार शुवास चन्द्र ढुङ्गेलको शब्द गायक तथा संगीतकार हरि लम्सालको मिठो संगीत भएको गीत गाएर प्रथम स्थान हाशिल गर्न समेत पुगेकी थिइन । सानातिना स्थानीय स्तरका कार्यक्रमहरुमा नछुटाइ आफ्नु प्रस्तुति राख्दै आएकी मेनुका नेपालमा भर्खरै मात्र सकिएको एपि 1 टेलिभिजन बाट प्रसारित प्रथम नेपाल आइडलले उनिमा थप जिम्मेवारी थपिदिएको छ। उक्त कार्यक्रम दैशैभर बाट लाखौ प्रतियोगीलाई पछि पर्दै टप ११ सम्म आउन सफल मेनुका जनताको भोटको आधारमा आउट भएकी हुन । तर दर्शक श्रोताकै मायापाएर होला आजकाल मेनुका निक्कै ब्यस्त देखिन्छन् । दिनहु जसो गीत रेकर्डिङमा ब्यस्त छिन भन्दा फरक पर्दैन । विभिन्न महोत्सवमा गएर प्रस्तुति समेत राख्न भ्याइ नभ्याइ छ मेनुकालाइ फरक क्षमता भएकी मेनुका अरु भन्दा निक्कै फरक छिन जन्मजात यो संसारलाई निहाल्न नसकेकी उनले संगीतको सुर ,ताल र गीतका तारिका हरुलाइ सुनेरै भएपनी राम्रोसँग नियालेकिछिन मेनुकाले । नेपाल आइडलमा आएपछि मात्रै उनले गाउन सुरु गरेको भनेचाही होइन नेपाल आइडलमा आउनु भन्दा पहिला उनले साहित्यकार लिला अनमोलको शब्दमा रहेको 'दुख्यो जिन्दगानी 'बोलको गीत उनको आफ्नै संगीतमा रेकर्डिङ गरेकी थिए उनी बताउछी । नेपाल आइडलले थप परिचय दिएकोमा उनी अत्यन्तै खुशी छिन । उनी भन्छिन " हार जित भनेको गेममा हुन्छ बस त्यो एउटा गेम थियो त्यहाँ कसैले हारे भन्नेकुरा गर्नुभयो कसैले जिते भन्नेकुरा गर्नुभयो तर म भन्छु त्यहाँबाट हामी सबै प्रतियोगीले केहिन केही जितेकै छौं ।" नेपाल आइडल बाट बाहिरिए लगतै पहिलो गीत कुन रेकर्डिङ गर्नुभयो भन्ने प्रश्नामा उनी भन्छिन पबित्रा राईको शब्द सिर्जनामा गायक तथा संगीतकार रमेश संग्रौउलाको संगीतमा "सझाको छु मुटु भित्र " बोलको गीत रेकर्डिङ गर्ने अवसर पाएको उनी बताउछिन् ।तीन सन्तान मद्ये पहिलो सन्तानको रुपमा जन्मिएकी मेनका अरु भन्दा अलि बेग्लै स्वाभाविकी छिन् । मेनका गीत मात्रै गाउने भने होइन उनी अध्ययन पनि गर्छिन अहिले म्युजिकै विषय लिएर +2 सिर्जना कलेज फाइन्डस आड्स लाजिम्पाट काठमाडौंमा दोश्रो बर्षमा अध्यन रत पनि छिन् ।अबको संगितिक योजना के छ भनी सोधेको प्रश्नामा उनी भन्छिन " म अब एउटा एल्बमको तयारीमा लागेको छु जस्मा गीत यतिनै हुन्छन् अहिले भन्न सक्दिन तर गीतहरू कम्पोज र एरेन्ज भने धमाधम हुदैछ्न । एल्बमको नामचाही जुराइ सकेकी छु एल्बमको नाम 'शुर संगम 'भन्ने राख्ने निर्णय गरेकी छु " उनी भन्छिन । फुटकर रुपमा करिब ४० भन्दा धेरै गीत रेकर्डिङ हुँदै छ्न कत्ति बजारमा पनि आइ सके कति आउने तयारी छ्न उनी भन्छिन् । गीत रेकर्डिङ हुदैगरेका सबैगीत धेरैनै राम्रो राम्रो छ्न त्यो मद्ये पनि सबैले मन पराउनु भएको गीतहरू उनी लिन्छिन आखाको नानिमा ,दशै आयो तिहार आयो ,सझाकोछु मुटु भित्र गीत दर्शक श्रोताले खुब मन पराएको उनी बताउछिन । भर्खरै मात्रै रेकर्डिङ भएको उनको गीत गायक तथा शब्द संगीतकार गोबिन्द फुयालको शब्द सिर्जनामा वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीतमा मेनुकाको स्वरमा सझिएको "जुनको टीका लगाएर"बोलको गीत तल हेर्न सक्नुहुनेछ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu