हमार सनेश सहकर्मी,,
बलिउड सुपरस्टार सलमान खान एक कार्यक्रमको लागि नेपाल आउदै छन् । उनको यो दोश्रो नेपाल यात्रा हो । उनी सन् १९९४ म पहिलो पटक नेपाल आएका थिए । आउदो फागुन २६ गते काठमाडौको टुडिखेलमा उनको उपस्थितिमा भब्य कार्यक्रम हुँदै छ । रोचक कुरा त के छ भने जेट एयरलाइन्स बाट फागुन २५ गते नेपाल आउने उनको लागि मात्र नेपाल तर्फ र सलमानका ५ सय प्राइभेट सुरक्षाकर्मी ४ सयजना स्वयंसेवक परिचालन गरिने बताईएको छ ।
जम्मा ३ दिनको लागि नेपाल आउने सलमान खान संगै ७ जना कलाकार सहित ७० जनाको जम्बो टोलि नेपाल भित्रीने छ । ‘दबङ द टुर’ नामक उक्त कार्यक्रमलाई ओडिसी ईन्टरटेन्मेन्टले आयोजना गर्दैछ । कार्यक्रम स्थललाई भने १५ सय सुरक्षाकर्मीले सुरक्षा गर्नेछ ।
सलमान आउने भएपछि कार्यक्रमको टिकट दर पनि ३ हजार, ५ हजार र १० हजार सम्म रहने बताईएको छ भने कार्यक्रममा सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत आउने पक्का भएको छ ।