शंकर पोखरेलको ‘मुख्यमन्त्री’ पद धरापमा

Sunday, 28 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
काठमाडौं । नेकपा (एमाले) र नेकपा (एमाओवादी) केन्द्रबीच निर्वाचन अगाडि भएको सहमतिअनुसार पार्टी एकीकरणको कुराले गति लिन नसकेपछि प्रदेश सरकारको समीकरण भत्किने अवस्थामा पुगेको टिकाटिप्पणी हुन थालेको छ ।
प्रदेशमा बाम गठबन्धनको समीकरण भत्कियो भने सबैभन्दा ठूलो नोक्सानी एमालेका नेता शंकर पोखरेललाई पर्ने देखिएको छ । एमालेबाट भावी मुख्यमन्त्रीको दौडका एक्ला प्रतिस्पर्धी पोखरेलले बाम समीकरण भत्किने हो कि भनेर तनाव लिएको स्रोतको भनाइ छ । यद्यपि, बाम गठबन्धन भत्किएन भने पोखरेल मुख्यमन्त्री बन्ने पक्का छ ।

माओवादी केन्द्रले ६ र ७ नं. प्रदेशमा मुख्यमन्त्रीमा दावी गरिरहेको छ । तर, एमालेले माओवादीलाई ती दुई प्रदेशमा मुख्यमन्त्री दिन मानिरहेको छैन । यस्तो अवस्था आयो भने सबै प्रदेशहरूमा बाम गठबन्धनको समीकरण भत्किने अवस्था आउन सक्ने एमालेकै एक पदाधिकारीले बताए ।
प्रदेश नं. ५ मा जम्मा ८७ सिट रहेको छ । सो सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । एमाले बहुमतबाट चार सिट पछाडि छ ।
माओवादीको २० सिट थपिँदा बाम गठबन्धनको ६१ सिटसहित भारी बहुमत पुग्ने भएकाले सहजै सरकार बन्छ ।

कांग्रेसले १९ सिट जितेको छ । संघीय समाजवादीले पाँच तथा राजपा र राजमोले एक–एक सिट जितेका छन् । वाम गठबन्धन टुटेको अवस्थामा भने संघीय समाजवादी फोरमको सिट निर्णायक हुन सक्छ ।
कांग्रेस, माओवादी र संघीय समाजवादी फोरम मिलेमा ४४ सिटसहित बहुमतको अर्को समीकरण बन्ने सम्भावना पनि रहन्छ ।
एमालेका नेताहरूले माओवादीसँग पार्टी एकीकरणभन्दा पनि प्रदेश र केन्द्रीय सरकार बनाउनका लागि मात्रै तालमेल गर्ने भित्री योजना बनाएपछि एमाले–माओवादीबीच आशंका उत्पन्न भएका हुन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu