खिचरा महोत्सवको मुख्य आकर्षण ५ फिट अग्लो घुङ्गि र चिचर

Wednesday, 3 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


राजेन्द्र आचार्य,,
चितवन:=पूर्वी चितवनको खैरहनीमा यहि पुस २८ गते हुने खिचरा महोत्सवको तयारी तीव्र पारिएको छ ।
भूमिपुत्रका परिचित थारु समुदायको सास्कृतिक महत्व उजागर गर्ने उद्देश्यले हरेक दुई दुई बर्षको अन्तरालमा खिचरा महोत्सव हुदै आएको महोतसवको यो ५ औँ संस्करण हो ।
महोत्सवको यतिवेला झण्डैे ६० प्रतिशत तयारी सकियो महोत्सवका संयोजक नारायण महत्तोले जानकारी दिए।उनले विगतमा भन्दा यो आर्कषक ५ फिटको घुगी र चिचर निकै आर्कषण हुने बताए । साथै थारु सस्कृतिको हस्तकलाको प्रर्दशनी समेत हुने बताए ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–­५, जबकौली गौचरनमा यहि पुस २८ देखि माघ ८ सम्म संचालन हुने महोत्सव स्थानिय थारु संस्कृतिको संरक्षण गुर्न रहेको आयोजकको भनाई छ । अहिले महोत्सव परिसर सजावटका कामहरु भईरहेको छ । महोत्सवमा २०० जति स्टलको रहने र स्टल बुकिङ खुला गरिएको जनाइएको छ ।
यस वर्ष थारु खानाका परिकारका स्टलका साथै अन्य स्टलहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ । महोत्सवमा कृषकहरुका बाली प्रतियोगिता गरी उत्कृष्ठ ठहरिएका कृषकहरुलाई नगद पुरस्कार दिनुका साथै प्रदर्शनका लागि कृषि परिसर र बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने प्रचार प्रसार समितिका संयोजक कारी महत्तोले जानकारी गराउनु भयो।

महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि ३०१ मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले आफ्ना जिम्मेवारीका कामहरु अगाडि बढाएका छन् । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैया टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि २५ रुपैया टिकट लाग्ने टिक व्यवस्थापन समितिका संयोजक दिपेन्द्र चौधरीले जानकारी दिए ।
साथै उनले वृद्धावृद्ध र अपागंलाई निशुल्क गर्दै टिकटबाट बचेको आम्दानीबाट थारु संग्राहलय र ई लाईब्रेरी बनाउने बताए ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu