तेह्रथुम मलेसिया सम्पर्क मञ्चले दुतावासको ध्यानाकर्षण गराउदै बुझायो ज्ञापनपत्र ।

Friday, 5 July 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
अर्पण मगर,,
क्वालालम्पुर (मलेसिया):=तेह्रथुम जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न पेशा ,ब्यबसाय अनि रोजगारीमा रहेका तेह्रथुमेलिहरुलाइ एकताको सुत्रमा बाधी सामाजिक सेवा गर्ने उदेश्य लिएर बिगत २०११ मा तेह्रथुम मलेसिया सम्पर्क मञ्च गठन भएको थियो। २०१५ सालमा प्रेम खापुङ सुब्बाको अध्यक्षतामा पुनर्गठन भए पश्चात् मञ्चले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

यसैबीच बिहिवार जुलाई ४ तारिखमा मलेसियाका लागि नेपाली राजदुत श्री उदयराज पाण्डेसँग सम्पर्क मञ्चका अध्यक्ष प्रेम सुब्बाको नेतृत्वमा गएको टोलिले राजदुतावास क्वालालम्पुर मलेसियामा संस्था स्थापना बारे जानकारी संगै ,मलेसियामा नेपाली श्रमिकहरुले भोग्नु परेको समस्याका बारेमा भेटघाट पछि छलफल गर्दै ध्यानाकर्षण गराएको थियो।
अध्यक्ष सुब्बाले राजदुत पाण्डेसँग भएको छलफलमा नेपाली श्रमिकहरुले भोग्नु परेको समस्याका सवालमा राजदुतावासको ध्यानाकर्षण भएको ,नयाँ श्रम सम्झौता आएपछि श्रमिकहरुको सवालमा पूरा जीवन विमाको सुविधा,कम्पनीले नेपाली कामदारहरुलाई पूरा उपचार खर्च प्रदान गर्ने व्यवस्था,अन्य सेवा विभिन्न कम्पनीसँग भएको सम्झौतानुसार दिलाउन राजदुतावास तयार रहेको र श्रमिकहरुमा आईपरेका समस्याहरु समाधान गर्ने बताउनुभएको छ ।


तेह्रथुम मलेसिया सम्पर्क मन्चले अहिले सम्म गरेको समाजिक कामहरू गरिसकेको छ। जसमध्ये , तेह्रथुम छथर गाउँपालिका ओख्रे कि मृगौला पीडित खिनमाया लिम्बु बचाउ अभियान मा रु. १२५८५२ सहयोग गरेको थियो यसैगरी जिल्लाको चुहानडाडा अग्नि पीडित को सहयोगार्थ चलाइएको अभियानमा २६ हजार नेपाल रुपैयाँ प्रदान गरेको थियो। तेह्रथुम फेदाप गाउँपालिका निवासी दुबई जेलमा मृत्युदण्डको सजाय सुनाइएका खड्ग बहादुर जोगी बचाउ अभियानमा पनि ४ लाख ७६ रुपैया सङ्कलन गरि सहयोग गरेको थियो। यसैगरी बाके जिल्ला बैजनाथका करेन्ट लागेर हात खुट्टा गुमाएका बुद्धिमान कुवर लाई १ लाख २ हजार तीस रुपैयाँ साथै क्यान्सर पीडित तेह्रथुम लाली गुराँस नगरपालिका वडा न ८ निवासी टिका माया बिश्वकर्माको सहयोग अभियान मा रु ७९,११९ सहयोग गरेको छ ।
यस का साथै युवा हरु लाई आत्मनिर्भर बनाउन नेपाल सरकारका जनप्रतिनिधि हरु सङ प्रत्यक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि सन्चालन गर्दै आएको छ । यसको अलावा fm रेडियोमा कार्यक्रम प्रयोजन गरि समाज मा रहेका प्रतिभा हरु लाई प्रोत्साहन गर्दै क्षमता बिकासमा सहयोग गर्ने प्रयास गरिरहेको छ । यी कार्यक्रम तेह्रथुम को मेन्छ्यायेम fm बाट प्रसारण भै रहेको अध्यक्ष सुब्बाले हाम्रो संचारलाई जानकारी दिए । 
मञ्चको पुनर्गठित समिति सदस्यका पदाधिकारीहरूको नामावली यश प्रकार रहेको छ।

१)अध्यक्ष :- प्रेम खापुङ सुब्बा
२)उपाध्यक्ष :-तोया रोसन ढकाल
३)सचीव :-रमेश थापा
४)सह सचिव:- मनिराज दर्नाल
५)काेषाध्यक्ष :-देबेन्द्र तामाङ
६)सदस्य :-कुमार लिम्बू
७)सदस्य :-महेन्द्र बस्नेत 
८)सदस्य :-कुमार बि क
९)सदस्य:- राजेन्द्र कार्की
१०)सदस्य:- कमल रावत
११)सदस्य :-कमल अधिकारी 
१२)सदस्य :-सोबित बस्नेत 
१३)सदस्य :-निर्मल लिम्बु
सल्लाहकार समिति 
वरिष्ठ सल्लाहकार:- डेविट श्रेष्ठ 
प्रमुख सल्लाहकार :- सुर्य कार्की 
सल्लाहकार :- मुकुन्द सङ्ग्रौला
सल्लाहकार:- राजेन्द्र खापुङ
मानर्थ सदस्य:- इन्द्र नारायण लिम्बु
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu