प्रथम डम्फु सास्कृतिक साँझ कार्यक्रम भब्य सम्पन्न/सम्मान तथा अवार्ड बितरण

Wednesday, 3 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया र तामाङ बौद्ध महासंघ मलेसियाको संयुक्त आयोजनामा पन्च बर्शिय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा बौद्ध धर्म लिपि प्रशिक्षण सहयोगार्थको लागि ” प्रथम डम्फु साँझ सास्कृतिक कार्यक्रम तामाङ कथानक चलचित्र `सेम ताबा म्हि´ (मन परेको मान्छे) शो सङ्गै सम्मान कार्यक्रम सब्य र भव्यताका साथ सम्पन्न भएको छ ।

मलेसियाको राजधानी नजिकै रहेको केलाङ चौतारी रेस्टुरेन्टमा भएको उत्त कार्यक्रममा म्हार म्हेन्दो तामाङ कलाकार संघ को तर्फबाट अमेरिकामा सप्पन्न भएको आदिवासी चलचित्र महोत्सवमा तिन वटा बिधामा अवार्ड जित्न सफल मलेसियामा सो भएका तामाङ कथानक चलचित्रहरु मध्येमा उत्कृष्ट मानिएका र सम्पुर्ण दर्शकले अत्याधिक रुचाईएइका तामाङ कथानक चलचित्र ” सेम ताबा म्हि ” (मन परेको मान्छे) लाइ best tamang movie of the year अवार्ड पनि वितरण गरिएको छ । कार्यक्रममा नेपाल बाट आमन्त्रित अथितीहरुलाई सम्मान पनि गरिएको छ । नेपाल बाट आमन्त्रित अतिथीहरु तामाङ कथानक चलचित्र `सेम ताबा म्हि´ (मन परेको मान्छे)का निर्देशक राजकुमार मोक्तान तथा नायक रितु राज पाख्रीन लगायत हिमालयन इन्टर्टेड्मेन्ट ग्रुप प्रा:लि का समयोजक तथा गितकार राम रेम्चुङ्ग राईलाई खदा लागाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघका साथिहरुको बेजोड साङ्गितक धमाका सङ्गै अतिथी कलाकारहरुको पनि प्रस्तुती रहेक थियो ।कार्यक्रममा पन्च बर्शिय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा बौद्ध धर्म लिपि प्रशिक्षणलाई सहयोग सोरुप बुद्ध रास्ट्र अभियानका संस्थापक पि टि शेर्पा पिनासा बाट rm 501 र तामाङ समाज मलेशिया बाट rm 400 लगायत जम्मा भएका सम्पुर्ण रकम बौद्द महासंघ नेपालका अध्यक्ष खेन ह्रेन्पोछे गुरुलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसिया अध्यक्ष: फूपू तेम्बा शेर्पा पिनासा, शेर्पा किदुग मलेसिया का अध्यक्ष: तेन्जी शेर्पा, नेपाल मगर संघ मलेसिया का बरिस्ठ उपध्यक्ष: दिपु पुलामी, तामाङ सेवा समाज मलेसिया का अध्यक्ष: चक्र तामाङ, पर्देशी धमाका ४ का आयोजक रमेश पौडेल, भोजपुर सेवा समाजका सह सचिब: रबिन राई लगायतका बाक्लो उपस्थिति रहेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu