थारु बिद्यार्थी सभाको प्रथम बार्षिक उत्सव सम्पन्न

Wednesday, 3 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

चनचल चौधरी,,
काठमाडौ:=थारु कल्याणकारिणी सभाको भातृ संस्था थारु विद्यार्थी सभाले आइतबार थाकस केन्द्रीय कार्यालय काठमाडौमा थाकस केन्द्रीय उपाध्यक्ष श्री प्रेमिलाल चौधरीको प्रमुख आतिथ्यमा प्रथम वार्षिकोत्सब धुमधामले मनाएको छ । उक्त कार्यक्रमको अतिथिहहरुमा थाकस केन्द्रीय सदस्य रामलाल चौधरी, थाकस उपत्यका सभापति सत्यनारायण चौधरी, थारु युवा सभाका केन्द्रीय अध्यक्ष कानुनलाल चौधरी, थारु महिला समाजका अध्यक्ष गीता चौधरी, थारु भाषाका अनुवादक एवं समाजसेवी तुलसी थारु, थारु महिला सभाका प्रतिनिधि, रेडियो नेपालका प्राबिधिक प्रमुख नवीन चौधरी, थारु वरिष्ठ मिडियाकर्मी ओम नारायण महतो, थारु अनलाइन मिडिया एवं Mr.& Miss. Tharu प्रतियोगिताका प्रमुख सुरेश चौधरी, थारु कला सन्सकृतीका अध्यक्ष रामस्वागत चौधरी, उदयपुर थारु समाजका उपाध्यक्ष, थारु चलचित्र तथा सान्सकृतिक संघका केन्द्रीय सदस्य लक्ष्मी चौधरी, रामधुनी एफ एमका प्रतिनिधि कमला चौधरी, भिभिन्न थारु संघ संस्थाका प्रतिनिधि लगायत थारु विद्यार्थी, बुद्धिजीवी, पेशाकर्मी एवं शुभचिन्तक महानुभावहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको सभापतित्व थारु विद्यार्थी सभाका सह संयोजक प्रेमा चौधरी, स्वागत साजन चौधरी र सन्चालन रोबिन चौधरीले गर्नु भएको थियो ।
कार्यक्रममा Mr.& Miss. Tharu Grand Finale मा 2nd runner up को उपाधी जित्न सफल हुनुभएका थारु विद्यार्थी सभाका केन्द्रीय सदस्य प्रद्दुमन चौधरी लाई खादा ओढाई सम्मानपत्र सहित सम्मान गरिएको थियो भने सोही प्रतियोगितामा Final round सम्म प्रतिस्पर्धा गर्नु भएकी सबिता चौधरी लाई समेत सम्मान गरिएको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu