किशोर चौधरीको अध्यक्षतामा था.क.स.युएईद्वारा छैटौ वार्षिक भेला तथा माघी पर्व विशेष कार्यक्रम समपन्न...

Sunday, 14 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

अनुराग महतो/ युएई
14, जनवरी, आइतबार

किशोर चौधरी को अध्यक्षतामा थारु कल्याणकारिणी सभा युएईको छैटौ वार्षिक भेला तथा माघी पर्व भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम सञ्चालन था .क .स युएईका कोषाअध्यक्ष बासुदेव चौधरी ज्यू ले गर्नु भएको थियो भने अतिथि ज्यू हरुलाई स्वागत र सत्कार प्रवक्ता खेम महतो ज्यू ले गर्नु भएको थियोे।
            
कार्यक्रमका प्रमुख अतिथि युएईका नेफिन संघका अध्यक्ष पासाङ शेर्पा ज्यू ले कार्यक्रममा छोटो र मिठो मनतव्य  राख्नु भएको थियो साथै माघी पर्वको शुभकामना दिनुहुदै भन्नू भो थारु समुदाय विदेशमा रहेरपनि थारु समुदायले यसरी नै आफ्नो परम्परा, भेषभूषा र संस्कृति बचाउदै अगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिई रहन जोडदिनु भयो।
       
कार्यक्रमका विशेष अतिथि थारु महिला जनजागरण संघ मध्य पश्चिमाञ्चल नेपालकी अध्यक्ष सुशिला चौधरी ज्यू बाट थारु समुदायको माघे संक्रान्तीका साथै थारु समुदायको नयाँ वर्ष २६४२ को बारेमा छोटो जानकारी गराउनु भएको थियो साथै थारुहरु मौलिक संस्कृतिले भरिएका नेपालको भूमीपुत्र भनेर चिनिने थारु समुदाय आदिबासी जनजाती मध्येकै कला र संस्कृतिमा धनि भएको समुदाय हो यसलाई संरक्षण गर्न निकै महत्त्वपूर्ण रहेको भन्दै अाफ्नो मन्तव्य राख्नु भएको थियो ।

मन्तव्य पश्चात थारु समुदाय विदेशमा रहेरपनि थारु समुदायको प्रचलित मौलिक खानाका परिकारहरु चिचर, ढिकरि, माछा, मासुको स्वाद लिदै माघी पर्व मानाएका थिए ।
         
कार्यक्रमका सञ्चालन स्वरुप भाग्यशाली चिठ्ठा कार्यक्रमको आयोजना गरिएको थियो। उक्त चिठ्ठाको नतिजा सार्वजनिक गर्दै भाग्यमानी विजेतालाई पुरस्कार प्रदान गरिएको थियो। साथै विभिन्न खेलकुद कार्यकर्मको अायोजना गरिएको थियो।
कार्यक्रम सभापति किशोर चौधरी ज्यू अध्यक्षतामा सम्पन्न भएको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu