सुनसरीका थारु समुदाय जुरशितल र शिरुवा पर्व भव्य रुपमा मनाउने तयारीमा

Thursday, 12 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का;= थारु समुदायले परमपरागतरुपमा मनाउदै आएकोे जुडशितल र शिरुवा पर्वलाई राज्यको संरक्षणमा प्रवद्र्धन हुनुपर्ने माग थारुहरुले गरेका छन् । थारु महिला सभा सुनसरीले सदरमुकाम केन्द्रित जुरशितल र शिरुवा पर्व मनाउने निर्णय गरेको छ ।दोस्रो अधिवेशनले सुसिला चौधरीको अध्यक्षतामा सर्वसम्मत चयन गरेको नयाँ कार्य समितिले आफनो पहिलो कार्यक्रम ईनरुवाबाट सुरु गर्दै जुडशितल र शिरुवा पर्व यस बर्ष थारु अधिकार पहिचानको मुद्दामा सफलताको कामना गर्दै मनाउने तयारी गरेको हो ।थाकस जिल्ला भवनमा बुधबार पत्रकार सम्मेल गर्दै सभा अध्यक्ष सुसिला चौधरीले सो कुराको जानकारी दिइन् । कार्यक्रम चैत ३० गते शुक्रवार ईनरुवा उधोग बाणिज्य संघको सभाहलमा हुने उनले बताइन् । एकापसमा पानी छर्किएर मनाउने जुडशितल पर्वलाई भव्य बनाउने तयारी सभाले गरेको छ । यद्यपि सभाको समानान्तर समिति गठन भई त्यसले पनि सो पर्व मनाउने बताएको छ ।सुनसरी सदरमुकाममा थारु महिलाहरुको जागरुक्ताका लागि यो कार्यक्रम ईनरुवामै गर्न लागेको अध्यक्ष चौधरीले बताइन् । गाउँ गाउँका महिलाहरु नेतृत्व बिकास र महिला अधिकार सुरक्षितका लागि बिभिन्न गाउँ नगरमा चेतनामुलक कार्यक्रम लिएर जाने योजना रहेको सभाले जानकारी गराएको छ ।
अध्यक्ष चौधरीले महिला सभालाई बृहत बनाउन सुनसरीमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताइन् । पत्रकार भेटघाटमा उपस्थित भएका थाकस केन्द्रिय सल्लाहकार तथा थारु कानुन ब्यवसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरीले जुरशितलको महत्वबारे बोलेका थिए । थारु समुदाय अधिकारका लागि गरेको आन्दोलन राज्यले गरेको उपेक्षाबाट थारु समुदाय मर्माहत भएको उनले बताए । जुरशितल पर्वको अवसरमा आदिवासीहरुको अधिकार सुनुवाईका लागि राज्यलाई दवाव दिन आवश्यक रहेको उनले बताए ।सदियौदेखि थारु समुदायले बिशुद्धरुपमा मनाउदै आएको जुरशितल पर्व भुमिपुत्र थारुहरु बर्षभरी सितलताको अनुभव गर्ने उद्देश्यले मनाउने गरेको जानकारी थाकस केन्द्रिय पार्षद केशिलाल चौधरीले दिए । सबै कामकाज गरी यो समय थारुहरु र्फदिलो भएकाबेला धार्मिक आस्थाले स्थापित शिराथानमा उब्जनी बढ्ने, बालबच्चामा कुनै रोग नलागोस भनेर कामना गर्ने गरिएको उनले बताए ।
रामकुमारी चौधरीले जुडशितलको उद्देश्य र महत्व बताउदै ठुलाले सानालाई शिरमा र सानाले ठुलाबडा लाई पाउँमा पानी छर्किदा स्वथ्यलाभ हुने धार्मिक मान्यता रहेको बताइन् ।
जिल्ला सल्लाहकार रामकुमारी चौधरीले जुडशितलको उद्देश्य र महत्व बताउदै ठुलाले सानालाई शिरमा र सानाले ठुलाबडा लाई पाउँमा पानी छर्किदा स्वथ्यलाभ हुने धार्मिक मान्यता रहेको बताइन् । घरपरिवारमा कुनै किसिमको अनिष्ट नहोस बालबच्चालाई रोगब्याधी ,हैजा, फौती, नलागोस भनेर कामना गर्दै यो पर्व मनाउने प्रचलन रहेको उनले जानकारी गराइन् ।
जिल्ला सचिव सुसिला लेखिले जुरशितल संस्कारीक पर्व भएकाले यसलाई सबैले एकजुट भएर मनाउन आग्रह गरिन् । संस्कार सबैले एकजुट भएर मनाउन सके अधिकार स्थापित गर्न थप बलपुग्ने सचिव चौधरीले बताईन् ।कार्यक्रममा पत्रकारहरुले थारु महिला सभा जिल्लामै दुईटा गठन हुनु, उत्थान समाज पनि हुनु यो प्रश्नमा थाकस केन्द्रिय पार्षद केशिलाल चौधरीले थाकसको २०६६ सालको संसोधित बिधानअनुसार शुसिला चौधरीको नेतृत्वमा गठन भएको भन्दैे सामानान्तर भनिने अर्को गठन भएको सभा २०६३ बिधानलाई मानेर गठन भएको दाबी गरे ।२०६३ को बिधानमा महिला संगठन सम्बन्धि कुनै उल्लेख नै नभएको जानकारी दिदै २०६६ सालको संसोधित बिधानमा महिला संगठनको बारेमा उल्लेख भएकाले शुसिला चौधरीको नेतृत्वमा गठन भएको बैधानिक रहेको र २०६३ सालको बिधान टेकेर सामानान्तर भनेर गठन गरीएको अर्को सभा कुनै मान्यता नरहने पार्षद चौधरीले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu