समाजका लागि योगदान दिएकोभन्दै चौधरीसहित विभिन्न व्यक्ति सम्मानित

Tuesday, 10 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बर्दिया:=बर्दियामा लामो समयदेखि पत्रकारिता गर्दैआएका दुईजना पत्रकार आइतबार यहाँ सम्मानित भएका छन् । पत्रकारितामार्फत समाजलाई सुसूचित गर्नमा योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो ।प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरिक शहिद गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका गुर्वावा एफएमका निर्देशक एकराज चौधरी र राजापुर क्षेत्रबाट पत्रकारिता गरिरहेका गान्दिपलाल कायस्थ सम्मानित भएका हुन् ।
सम्मानित एकराज चौधरी बर्दिया जिल्लामा विगत् १८ बर्ष देखि निरन्तर पत्रकारितामा सक्रिय छन् । भित्ते पत्रिका प्रकाशनबाट पत्रकारिता सुरुगरेका चौधरीले थारुभाषाको ख्याल कार्यक्रम देखि हाल थारु भाषामा आधारीत रहेर गुर्बावा एफ एम सञ्चालन गरिरहेका छन् ।
शहिद गोविन्द पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारिता गरिरहेका गुर्वावा एफएमका निर्देशक एकराज चौधरी र राजापुर क्षेत्रबाट पत्रकारिता गरिरहेका गान्दिपलाल कायस्थ सम्मानित भएका हुन् ।
त्यसैगरी अर्का सम्मानित गान्दिपलाल कायस्थ बर्दियाको विकटक्षेत्र राजापुर क्षेत्रमा बसेर विगत् १० बर्ष यता पत्रकारितामा सक्रिय रहेका छन् । रेडियोबाट पत्रकारीता सुरु गरेका कायस्थले राजापुर क्षेत्रबाट निरन्तर पत्रकारिता गरीरहेका छन् । राजापुर क्षेत्र छापा सञ्चारमाध्यमबाट अलग रहेकोबेलामा कायस्थले पत्रिका प्रकाशन गरेर त्यहाँका नागरिकलाई सुसुचित गरेका थिए । हाल कायस्थ कोठियाघाट साप्ताहिकको प्रकाशक सम्पादक हुन् ।

प्रेस चौतारी बर्दियाले पत्रकारद्वयलाई कदरपत्र र नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानित गरेको छ । प्रेस चौतारी बर्दियाले हरेक बर्ष एकजना पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गर्ने बताएको छ । गत बर्षको र यस बर्षको पुरस्कार एकै पटक प्रदान गरीएको प्रेस चौतारी नेपालका अध्यक्ष डिलप्रकाश गौतमले बताए ।पाँच बर्ष अगाडि नागरीक शहिद गोविन्द पाण्डे स्मृती पत्रकारीता पुरस्कारकालागि करिब ५३ हजारको अक्षयकोष स्थापना गरिएकोमा यसबर्ष अक्षयकोषको राशी थप गरी करिब एक लाख पचास हजार पुर्याईएको छ । अध्यक्ष गौतमकाअनुसार आगामी ३ बर्षभित्र पाँचलाख अक्षय कोष राशी पुर्याएर प्रदेश स्तरीय र ५ बर्ष भित्र १० लाख अक्षय कोष राशी पुर्याएर राष्ट्रिय स्तरको पुरस्कार घोषणा गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी प्रेस चौतरी नेपाल जिल्ला शाखा बर्दियाले अक्षयकोषको राशी बृद्धि गर्न सहयोग गरेको भन्दै गुलरिया नगरपालिका वडा नं १ का वडाध्यक्ष प्रतापकुमार गौतमलाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेको छ ।त्यसैगरी बर्दियामा बसी उल्लेखनिय काम गरी सरुवा भएका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतलाई समेत कदरपत्र र दोसल्ला ओढाएर सम्मानित गरीएको छ ।कार्यक्रममा प्रदेश नं ५ की उपसभामुख कृष्णी थारुले बर्दिया जिल्ला प्रदेश नं ५ को १२ जिल्लामध्ये कमजोर जिल्ला देखिएको बताउँदै यस जिल्लाको विकासमा सबैलाई लाग्न आव्हान गरिन् । उनले जिल्लाको विकासको लागि पत्रकारको मुख्य भुमिका रहने बताउँदै सबै एक जुट भएर विकास गर्नु पर्ने बताईन् ।प्रदेश नं ५ का सांसद तिलक शर्मा हिमालले बर्दिया जिल्लाको विकासको लागि प्रदेश राजधानी र केन्द्रसम्म भुमिका खेल्न पत्रकारलाई आग्रह गरे ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu