सरकारलाई सुझाव दिंदा किन विझाउँछ सांसदहरुलाईः सांसद पार्वता चौधरी

Saturday, 26 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौैं:=नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्तापक्षलाई प्रतिपक्षीदलका सांसदले रचनात्मक सुझाव दिंदा विझाउने गरेको बताउनुभएको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम २०७५ माथि छलफल भइरहेका बेला शुक्रबार संसद बैठकमा बोल्दै सांसद चौधरीले त्यस्तो बताउनुभयो । “हामी प्रतिपक्षीदलका सांसद हौं, सरकारलाई सुझाव दिनु हाम्रो कर्तव्य हो, सुझाव दिंदा सत्तापक्षी सांसदलाई किन बिझाउँछ, मैले बुझ्न सकिन” सांसद चौधरीले भन्नुभयो ।
सपना देख्नु राम्रो भएको तर त्यसलाई यथार्थमा प्रस्तुत गर्नु चुनौति रहेको बताउँदै उहाँले सरकारलाई काम गरेर देखाउन सुझाव दिनुभयो । “देश समृद्ध बनोस्, जनता सुखी हुन सबैको चाहना हो, स्पष्ट बहुमतको सरकार छ, काम गरेर देखावस हामी स्वागत गर्नेछौं” चौधरीले भन्नुभयो ।
प्रमुख प्रतिपक्षीले सरकारलाई सचेत गराउनु राम्रो कुरा भए पनि सत्तापक्षी सांसदले आपत्ति जनाउनु गलत भएको उहाँले चर्चा गर्नुभयो । दाङ निवासी सांसद चौधरीले दाङमा विमान सञ्चालनको माग पनि गर्नुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu