मलेसियामा छापामारी तिब्र / नेपाली अबैधानिक कामदारहरु धमाधम घर फर्किदै

Tuesday, 10 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
घर फर्कन यात्रा अनुमतिपत्र लिनको लागी दूतावास परिसरमा लाईनमा बसेको नेपाली कामदारहरु
आर एन चौधरी थारु,, मलेसिया :=मलेसियामा रोजगारीको सिलसिलामा काम गर्दै आइ रहेका म्यानमार,भियतनाम,इन्डोनेशिया,ईन्डिया,कम्बोडिया,नेपाल बङगलादेश,लगायतका विभिन्न देशका अबैधानिक कामदारहरु लाई केहि दिन अगाडि देखी धरपकड सुरु गरे संगै नेपालीहरु घर फिर्ती हुने क्रम ह्वात्तै(तिब्र) बढेका छ्न। करिब ६ लाख नेपाली कामदार कार्यरत रहेको यहाँ मलेसिया सरकारको आदेशमा इमिग्रेसन डिपार्टमेन्टले धरपकड सुरु गरे संगै मलेसियास्थित नेपाली दूतावासले राजधानी क्वालालम्पुरबाहिरका दुई ठूला सहर जोहोरबारु र पेनाङमा कन्सुलर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।यहीँ आउने शनिबार जोहोरबारुस्थित बागुस सिटी होटल र पेनाङस्थित देवान हल बीएममा शिविर चलाउन लागिएको हो। दूतावासले केही साताअघि पनि ती क्षेत्रमा यस्तै शिविर सञ्चालन गरेको थियो। मलेसिया सरकारले जारी राखेको धरपकडबाट प्रभावित अवैधानिक तरिकाले बसिरहेका कतिपय नेपाली कामदार दूतावाससम्म आउन नसकेकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गर्न लागिएको कार्यबाहक राजदुत कुमार राज खरेलको भनाइ रहेको छ।
फर्म भर्न र फोटो निकाल्न कामदारहरु नेपाली बिचौलिया लगायत समाजिक संघसंस्थाका पदाधिकारीहरु संग
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu