आदिवासी जनजातीहरु एक हुन नसकेर माग मुद्दा पूरा हुन सकेन:-जनजाती अगुवा

Thursday, 9 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:=चौविसौं विश्व आदिबासी दिवस विहिबार देशभर आदिबासी जनजातिहरुले विभिन्न व्यानरमुनि रहेर मनाएका छन् । दिवस मनाइरहँदा आदिबासी जनजाति नेताहरुले राज्यले अझै जनजातिप्रति उदासिन रहेको आरोप लगाएका छन् ।

नेपाल आदिबासी जनजाति महासंघको आयोजनामा आदिबासी जनजातिले विहिबार काठमाडौंको राष्टियसभा गृहमा भव्य कार्यक्रम गरेका छन् । कार्यक्रममा आदिबासी जनजातिका नेताहरुले नयाँ संविधानमा भएको अधिकारको संरक्षण गर्दै थप अधिकारकालागि अझै राज्यसँग संघर्ष गर्नुपर्ने धारणा राखेका छन् ।आदिबासी जनजातिप्रति राज्यको हेर्ने नजरिया अझै सकारात्मक हुन नसकेको टिप्पणी आदिबासी जनजाति नेताहरुको रहेको छ । सोहीक्रममा देशव्यापीरुपमा दिवस मनाइरहँदा आदिबासी जनजाति प्रतिनिधिहरुले सोही आसयको धारणा राखेको सुनिएको छ । दिवस नेपाल बाहिर पनि आदिबासी जनजाति संघ संस्थाहरुले मनाएका छन् ।

संविधानमा आदिवासी जनजाति समुदायको अधिकार अझै सुनिश्चित हुन नसकेको भन्दै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । अन्तरिम संविधानमा सुनिश्चित गरिएको अधिकार पनि नयाँ संविधानले कटौती गरेको गुनासो आदिबासी जनजाति प्रतिनिधिहरुको छ ।
जल, जंगल, जमिनमा अधिकार स्थापित गर्न आदिवासी जनजातिहरु एकजुट भई अघि बढ्नुपर्नेमा अगुवाहरुले जोड दिएका छन् । तर आदिबासी जनजाति आन्दोलन अहिले छिन्नभिन्न अवस्थामा पुगेको चिन्ता पनि आदिबासी जनजाति अगुवाहरुको छ । अधिकारको आन्दोलनलाई एकाकार गरेर अगाडि बढाउन नसक्नु नेतृत्वको कमजोरी रहेको आरोप पनि कतिपय युवाहरुको छ ।

आदिवासी जनजातिहरुको भेषभूषा, भाषा, सँस्कृतिको संरक्षणमा पनि राज्यले खासै ध्यान नदिएको गुनासो जनजाति नेताहरुको छ । राज्यको गहनाकोरुपमा रहेको आदिबासी भाषा, संस्कृति र संस्कारलाई सहीरुपमा व्यवस्थापन गर्नसके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण गर्न सकिने कतिपयको धारणा छ । राज्यलाई त्यसमा सचेत हुन नेताहरुले आग्रह गरेका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu