हमार सनेश सहकर्मी ,,
काठमाडौं := थारु कल्याणकारीनि सभाको २२ औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका धनिराम चोधरी र विश्राम चोधरीको उम्मेदवारी प्रती थारु समुदाय खुसी र उत्साहित हुन नसकेको युबा विद्यार्थी र थारु अगुवाहरुले बताएका हुन।
थारु अगुवा बिद्यार्थीहरुले लगातार दुबै जन्नाको उम्मेदवारीको कडा शब्दमा बिरोध र आलोचना गरिरहेकाछन ।राज थारु, प्रदिप थारु , राजेश थारु , दिपक थारु , कल्पना थारु , दिल बहादुर थारु , छबिलाल कोपिला ,देबराज थारु , सन्तकुमार थारु , मिलन थारु , लगायतका युबा विद्यार्थी, महिला अगुवाहरुले बर्तमान नेतृत्वले अबको थरुहट आन्दोलन अभियान अगाडि बढ्न नसक्ने कुरा बताइरहेको छ।
दुई सय जना निर्दोष थारुमाथी झुठो मुद्दा,२६ जना थुनामा, हजारौं थारु बिस्थापित रहेको अबस्थामा गाउँ गाउँमा संगठन बिस्तार , प्रशिक्षन , भेला , गोष्ठी , जुलुस नारा चक्काजाम ,लगायतका कामकुरा र अभियान पूरा गर्न छोडेर लुकेर,भागेर डराएर सम्भब नहुने बताइरहेका छ्न।युवाहरुले अध्यक्षमा निर्बाचित भएपछी धनिराम चौधरी सार्वजनिक रुपमा बोलेको एउटा पनि प्रतिबद्धता पूरा न गरेको बताइरहेका छ्न।थारु कल्याणकारीनि सभाका केन्द्रिय उपाध्यक्ष लगायतका पदाधिकारी हरुले अध्यक्ष ले समय र साथ नदिएको तथा काम गर्ने बाताबरण समेत आफैले बिथोलेको आरोप लगाइ लगाइ रहेका छ्न।
यता थारु कल्याणकारीणि सभाका संरक्षक एबम पुर्ब महामन्त्री अमृत प्रसाद खा अध्यक्ष धनिरामको कार्यशैलीले संस्था विघटनको संघारमा पुगि सकेको बताइ रहेको छ।बिगत दुई महिना देखि जिल्ला जिल्ला को भेटघाट कार्यक्रममा पुगेर संरक्षक खा ले सो कुरा बताउदै आइ रहेको छ।केन्द्रिय समितिको बैठक , सचिबालयको बैठक ,केन्द्रिय परिषद बैठक आयोजना गर्न नसकेको कुरा टारेको , बैठक आयोजना गरेर अध्यक्ष बेलुका ६ बजे मात्रै आएर २ घन्टा बसेर फर्किने , पदाधिकारीहरुको कुरा नसुन्ने आरोप छ।
अध्यक्ष स्वयम गम्भीरताको साथ अगाडि नबढेकोमा चिन्तित भएर पटक-पटक अनुरोध गरेको गुनासो संरक्षकको रहेको छ, केही उपाय नलागेपछी यथार्थ जानकारी गराउन आफू जिल्ला जिल्लामा पुग्ने गरेको बताउनु भयो।