काठमाडौँ । थारु विद्यार्थी समाजको केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद चौधरीको सभापतिमा नेपाल थारु विद्यार्थी संघ गठन गरिएको छ । नेपाली कांग्रेसको भात्रृ संगठन नेविसंघको सहकार्यमा नेविसंघ मातहत रहने गरी उक्त संगठन गठन गरिएको हो भनेर विभिन्न अनलाइन खबरले समाचार छापेको छ।
थारु विद्यार्थी समाजको अध्यक्ष चन्द्र प्रसाद चौधरी को सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अतिथिमा नेविसंघ केन्द्रिय उपाध्यक्ष पवन कुमार यादव, विशिष्ट अतिथी नेविसंघ सह महामन्त्री बद्री मुडबरी र अम्बिका चलाउने थिए भने कार्यक्रम मा नेविसंघ केन्द्रिय सदस्य हरु खड्ग सुब्बा , प्रेम शाही, गीता गुरुङ, पदम भट्टराई, सृजना भट्ट लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै थारु विद्यार्थी समाजको अध्यक्ष चन्द्र प्रसाद चौधरीले देश भरिका थारु विद्याथारुलाई गोलबद्द गर्दै नेविसंघ को नेतृत्वदायी भुमिकामा थारु विद्यार्थी हरु भएको हेर्न चाहेको बताउँदै यसका निम्ति थारु विद्यार्थी समाजको भुमिका उल्लेखनीय हुन सक्ने सुझाव दिए।
उनले देश भरिका थारु विद्यार्थीलाई नेविसंघमा आवद्ध गराउदै थारु विद्यार्थीको हक र अधिकारको पक्षमा सदैव लाग्ने बताए।