मेरो जीत टीकापुर घटनाका आरोपीहरुलाई समर्थन रहेको सन्देश हो:- धनिराम चौधरी

Wednesday, 26 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
मदन चौधरी /थारुवान ,,
नवनिर्वाचित समापति धनिराम चौधरीले आफ्नो जित थारु एकताको सन्देश भएको बताएका छन्। थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका धनिरामले थारुवासँगको कुराकानीमा उनले टीकापुर घटनाका आरोपीहरुलाई समर्थन रहेको सन्देश पनि दिएको बताए। ‘मेरो जित टीकापुरका आरोपितप्रतिको समर्थन हो। थारुको मागप्रतिको समर्थन हो र यो थारुहरुको एकताको सन्देश हो,’ उनले भने।
उनले यो देशका थारुहरुमा एकता छ। उनीहरुमा अझै एउटा शक्ति विद्यमान छ भन्ने यो परिणामले देखाएको बताए। आफूलाई थाकसलाई डम्प गरेको आरोप अबका दिन चिर्दै जाने उनले बताए। ‘कुनै साथीहरुले आरोप लगाएहोलान्, तर यसबीचमा मैले धेरै काम गरेको छु। भूमिगत अवस्थामा पनि भागेर बसेको छैन। अबका दिनमा यस्ता आरोपहरु चिर्दै जानेछु,’ उनले भने।
उनले यो चुनाव लोकतन्त्रको अभ्यासमात्र भएको बताए। त्यही भएर कोही हार्‍यो, कोही जित्यो भन्न चाहन्न। हारजित भएपनिसहकार्य गरेर अगाडि बढ्ने उनले बताए।
भिडियो हेर्नुस्:

त्यस्तै सभापतिका प्रत्यासी राजकुमार लेखीले मतपरिणामलाई सकारातम्करुपमा लिएका छन्। उनले निर्वाचनमा जित हार हुने भएकाले अन्यथा नलिने बताए। उनले धनिराम चौधरीले कति काम गर्नसक्ने नसक्ने चार वर्षले देखाइसके बताए। धनिराम चौधरीसँगको सहकार्य रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले आफू थारु अधिकारको लागि लडिरहने बताए।
भिडियो हेर्नुस्:

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu