राजकुमार लेखीलाई हराउँदै धनिराम चौधरी पुनःथाकस अध्यक्षमा निर्वाचित

Wednesday, 26 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राजकुमार लेखीलाई हराउँदै धनिराम चौधरी थारु कल्याणकारिणी सभा (थाकस)को सभापतिमा पुनः निर्वाचित भएका छन्। काठमाडौंमा भएको तीन दिने महाधिवेशनको अन्तिम दिन आज भएको चुनावमा १२ मतले पराजित गर्दै धनिराम सभापतिमा विजयी भएका हुन्। उनले ८२ मत पाए भने लेखीले ७० मत पाए। अर्का आकांक्षी विश्राम महतोले १० मत पाए। सभापतिको लागि तीन जनाको उम्मेदवारी परेको थियो।
त्यस्तै रौतहटबाहेक सबै जिल्लामा सर्वसहमत केन्द्रीय सदस्य चयन भए। कञ्चनपुरबाट भागिरथ राना, कैलालीबाट रामचरण चौधरी, बर्दियाबाट मिनराज चौधरी, बाँकेबाट नेमनारायण सिंह थारु, सुर्खेतबाट कृष्णबहादुर थारु, दाङबाट चुर्णबहादुर चौधरी, कपिलवस्तुबाट जंजीर प्रसाद चौधरी, रुपन्देहीबाट देवी प्रसाद चौधरी, नवलपरासीबाट नरेश चौधरी, चितवनबाट राजेन्द्र चौधरी, मकवानपुरबाट जानकी चौधरी, पर्साबाट बृजमोहन चौधरी, बाराबाट हृदयनारायण चौधरी, रौतहटबाट अधिकलाल चौधरी (निर्वाचित), महोत्तरीबाट चन्द्र नारायणसिंह थारु, धनुषाबाट उत्तम चौधरी, सिरहाबाट वीरेन्द्र चौधरी, सप्तरीबाट साबित्री चौधरी, उदयपुरबाट जयराम पञ्जियार, सुनसरीबाट पुनितलाल चौधरी, मोरङबाट कन्नुलाल चौधरी र झापाबाट हरिनारायण चौधरी सर्वसहमतले चयन भए।
मतपरिणामो भिडियो हेर्नुस्:
त्यस्तै महिलाको ९ सदस्यीमा १३ जनाको उम्मेदवारी परेपछि चुनाव भएको थियो। जसमा दिलकुमारी चौधरी (२५), विष्णकुमारी चौधरी (२२), कृष्णमाया चौधरी (२१), यशोदा चौधरी (२१), सुमित्रा कुमारी चौधरी (१९), इन्दु चौधरी (१९), सरस्वती चौधरी (१७) उर्मिलादेवी चौधरी (१७) र लक्ष्मी चौधरी (१७) निर्वाचित भएका हुन्।
निर्वाचन मण्डलका संयोजक रामराज चौधरी मतपरिणाम सार्वजनिक गरेका थिए। उनले आजै निर्वाचित सबैलाई शपथग्रहण गराएका थिए। निर्वाचित सभापति धनिराम चौधरीले पहिलो बैठक बुधबार ११ बजे बोलाएका छन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu