थारु महिला सभा सुनसरीले ईटहरी चोकमा जितिया कार्यक्रम भब्य मनाउने तयारी

Wednesday, 19 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी,,
ईटहरी:= नेपालि महिलाहरुको महान पर्व जितियाको अवसरमा थारु महिला सभा जिल्ला सुनसरीले भब्य कार्यक्रम मनाउने त्यारीकालागी बुधवार छलफल गरेको छ । जितियाको अवसरमा असोज १४ गते ईटहरी चोकमा कार्यक्रम गरी मनाउने निर्णय भएको जिल्ला अध्यक्ष शुसिला लेखिले बताईन् ।

कार्यक्रम त्यारीकालागी बिभिन्न उप समिति गठन गरेर कार्यबिभाजन गरेका छन् । आर्थिक संकलन,मञ्च ब्यवस्थापन,झाँकी ब्यवस्थापन,प्रचार प्रसार उप समितिहरु गठन गरेर महिलाहरु त्यारीमा जुटेको हो । कार्यक्रममा जितिया महत्वबारे जानकारी,जितिया नाटक,पौराणिक नृत्य र आधुनिक गितहरुमा नृत्य,जिल्लाबाट नगर र वडाहरुको झाँकी तथा नृत्य प्रस्तुतीहरु रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम सफलताकालागी सहयोगीमा थारु महिला सभा केन्द्रिय समिति,नगर समिति,वडा समितिहरु रहने जनाएको छ त्यसैगरी,थाकस नगर,थारु कानुन ब्यवसायी केन्द्रिय,थारु पत्रकार संघ सुनसरी,बिच्छु ग्रामथान संरक्षण समिति ईटहरी,थारु बिध्यार्थि सभा,युवा सभा लगायतका संघ संगठन रहने सभा जिल्ला अध्यक्ष लेखिले बताईन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu