सुनिल चौधरी,,
झुम्का:=संबिधान दिवसको अवसरमा रामधुनी नगरपालिकाले बुधवार झुम्का बजारमा सरसफाईको अभियान चलाउदै संबिधानबारे सचेतना गराएको छ । “संबिधानको सहि सम्मान,संबिधानको सबैमा ज्ञान”को नारा सहित उपमेयर संबिना चौधरीको संयोजकत्वमा कार्यक्रम गरेको हो ।
झुम्का बजारको लगुना चोक देखि मनकामना सिनेमा हल सम्म सरसफाई गर्दै ब्यापारीहरुलाई आफनो पसल अगाडी फोहोर नगर्न र रोड छेउमै राखेको बिक्रिजन्य बस्तु नराख्न सुझाएका थिए । त्यसैगरी सरसफाइ संगै जारी २०७२ संबिधानको बारेमा नगरवासिहरुमा सचेतना गराएकोे छ । उप मेयर चौधरीको सभापतित्वमा पुर्व संबिधान सभा सदस्य धर्म निरौला प्रमुख बक्ता तथा सहजिकरण गरेका हुन् । निरौलाले नेपालको संबिधान प्रगतिसिल र समाजवाद उन्मुख संबिधान रहेको बताए ।
संबिधानको धारा २७४ मा रहेको सार्वभौमिक्ता,भौगोलिक,अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमक्ता सत्ता मात्र संसोधन नहुने भन्दै बाँकि अंग आवश्यक्ता र औचित्यको आधारमा संसोधन गर्न सकिने भएकोले संबिधान दिर्घकालिन रहेको प्रष्ट पारे । मौलिक हक,बिश्वको उत्कृष्ट मानव अधिकार,लोकतान्त्रिक हक,सबै जातजातिको भाषा अधिकार,आयोग गठन लगायतका नेपालि जनताको अधिकार सुनिश्चित भएकोले प्रगतीशिल संबिधान रहेको निरौलाले जानकारी दिए ।
कार्यक्रममा उप प्रमुख चौधरीले संबिधान घोषणा भैसकेपनि तिन तहको सरकार अन्यौलताले जटिलता उत्पन्न गराएको बताईन् । प्रदेश र स्थानिय सरकारलाई प्रष्ट रुपमा अधिकारहरु दिएर समृदिको बाटोमा गति दिनुपर्ने धराणा ब्यक्त गरिन् । संबिधानको उल्लेखित धाराहरु र अधिकारकोबारे नगरपालिकाले मात्र हैन सबै संघसंगठनले कार्यक्रम गर्नु पर्ने समेत सुझाव दिईन् ।
कार्यक्रममा झुम्का उधोग बाणिजय संघ,वडा अध्यक्ष,वडा सदस्य, नगर बाल सञ्जाल,लायन्स क्लव अफ रामधुनी ,जेसिज रामधुनी,नेवा देय दब्बु नगर समिति रामधुनी,थारु महिला उत्थना समाज रामधुनी,ईलाका प्रहरी पकली, नेकपा रामधुनी नगर समिति लगायत सञ्चार कर्मिहरुको उपस्थिती रहेको थियो ।
