रामधुनीमा धार्मिक पर्यटक बिकास गर्न सके थारु संस्कृति पहिचानमा सहयोग पुग्न सक्नेः उपमेयर सबिना चौधरी

Sunday, 30 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी,,
झुम्का := थारु बाहुल्य रहेको रामधुनि नगरपालिकालाई धार्मिक पर्यटक बिकास गर्न सके थारु संस्कृति पहिचानमा सहयोग पुग्न सक्ने उपमेयर सबिना चौधरीले बताउनु भयो । जितिया कार्यक्रममा सम्बोधन गर्ने क्रममा उपमेयर चौधरीले ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिरलाई बिकास गर्दै यहा आउने पर्यकटहरुलाई थारु संस्कृतिमा रहेको कलाहरु प्रस्तुत गरेर देखाउन सके देश बिदेसमा पहिचान गराउन सकिने धारणा ब्यक्त गर्नु भएको छ ।

रामधुनी वडा नं. २ स्थित कुम्याहि र वडा नं. ४ स्थित ईक्राहिमा छुटा छुटै स्थानमा सनिवार आयोजना गरेको जितिया बिशेष कार्यक्रममा उपमेयर चौधरीले थारु समुदाय कला संस्कृतिमा धनि रहेकोले सो संस्कृतिहरु बाहिर ल्याएर प्रदशनी र होमस्टेबाट थारुको मौलिक परम्परा बारे पहिचान गराउन सकिने बिचार ब्यक्त गर्नु भएको छ । पर्यटक प्रवद्र्धनमा नगरवासिहरुको सहयोग अपरिहार्य रहेकोले नगरपालिका र जनप्रतिनिधिहरुसंग सहकार्य र समन्बय हुदै अगाडी बढ्नु पर्ने बताउनु भयो ।

रामधुनि मन्दिरलाई संरक्षण र बिकासकालागी प्रदेश र नगरले योजनाहरु यसै आर्थिक बर्षबाट सञ्चालन गर्ने भनेर नगरको निति, कार्यक्रम र बजेट सार्वजानिकिकरणमा पनि जनाई सकेको छ । बजेट सार्वजानिकिकरणमा प्रदेश १ उप सभामुख सरस्वति पोख्रलले पनि रामधुनी मन्दिर बिकासकालागी रकम बिनियोजन गरेको बताउनु भएको थियो । योजनाहरु भने नगरपालिकाबाट पहल गर्नु पर्ने आवश्यक्ता देखिएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu