थारु अगुवाहरुलाई लगाएको झुठामुद्धा सरकारले खारेजगरी निशर्त रिहाय गर्नु पर्छ:- राजकुमार लेखि

Sunday, 30 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनिल चौधरी,,
झुम्का:= थारु समुदायले अधिकारकालागी गरेको थरुहट थारुवान आन्दोलमा सरकारले थारु अगुवाहरुलाई लगाएको झुठा मुद्धा सरकारले खारेजगरी निशर्त रिहाय गर्नु पर्ने आदिवासिजनजाति महासंघ पुर्व अध्यक्ष तथा थारु कल्याणकारीणी सभाका पुर्व महामन्त्रि राजकुमार लेखिले बताए । जितियाको अवसरमा रामधुनी ४ वडा महिला सभाले गरेको कार्यक्रममा बोल्दै झुठा मुद्धा लगाएर जेलजिवन बिताई रहेकालाई निशर्त रिहाय गर्दै थारुको अधिकार सम्बोधन गर्नुपर्नेमा सरकार र राजनितिकदल गम्भिर हुनुपर्ने बताएको हो ।

थाकस केन्द्रियको महाधिवेशन पछि मेचि देखि महाकालि सम्म अभियानमा लेखि सुनसरीको रामधुनी नगरपालिका आईपुगेका हुन ।
थारु अधिकारकालागी शान्तिपुर्ण आन्दोलमा २०७२ भदौ ७ गते सुरक्षा कर्मिको आपसमा खिचातानिले भएको टिकापुर घटनामा थारुहरुलाई दोष लगाएर झुठा मुद्धा लगाएको दाबि लेखिले गरे । राज्यको न्यायपालिका र छानबिन समितिले पनि दोषि साबित गर्न नसकेकोले जेलमा रहेका लक्षमण थारु,रेशम चौधरी ,बिश्राम चौधरी लगायत २६ जनालाई रिहाय हुनुपर्ने बताए । दश हजार थारु टिकापुर कैलाली छोडर बिस्थापित भएर भारतमा शर्नार्थि जिवन बिताई रहेकोले न्याय दिलाउनु पर्ने बताए ।

गाउँ गाउँमा थारु महिलाहरु जितिया पर्व मनाईरहेकोले २०६३ को थारुहट आन्दोलन,आदिवासि जनजातिको आन्दोलनले उपलब्धि रहेको बताए । रामधुनी नगरपालिकामा मेयर र उपमेयर थारुनै भएकोले यो उपलब्धि थरुहट आन्दोलनकै रहेको बताए । महिलाहरु अबका दिनमा स्थानिय तहमा मात्रै हैन राज्यको केन्द्रिय स्तरमा प्रतिनिधित्व गर्नु पर्ने बताउदै संबिधान संसोधन गरेर थारुहरुको थप अधिकार सुनिश्चित हुनुपर्र्नेे माग लेखिले मञ्चबाट आवह्वान गरेका हुन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu