थाकसको केन्द्रिय अधिवेशनको खुल्ला शत्रमा एकातिर उद्घाटन अर्को तिर बिरोध

Sunday, 23 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
काठमाण्डौ:= थारु कलयाण्कारीण सभा(थाकस) को केन्द्रिय अधिवेशन चलिरहदा रौतहट जिल्ला थाकस कार्यसमितिलाई पुनर गठन नगरी पुरानै समितिलाइै ब्युताएर प्रतिनिधि र पर्यवेक्षक छनौट गरेको भन्दै बिरोध प्रदर्शन गरेको छ । 

जिल्लाको ९ औ अधिवेशनमा केन्द्रिय सदस्य तथा निर्वाचन अधिकृत हृद्य नारायण चौधरी र कृष्ष प्रसाद चौधरीले मनोमानि गर्दै जिल्लाको पुरानै समितिलाई मान्यता दिएको भन्दै रौतहटवासी काठमाण्डौ गएर बिरोध गर्दै नारावाजि गरेको हो । 

रौतहट जिल्लाको ९ औ अधिवेशन भदौ १४ र १५ गते भएको थियो । अधिवेशनको पहिलो दिन खुल्ला सत्र सम्पन्न पछि १५ गते बन्द सत्रमा सहमति हुन नसक्दा एकलौटि ढंगले पुरानै समितिलाई कायम हुनेगरी मान्यता दिएको रौतहटका प्रमोद चौधरीले बताए । चौधरीका अनुसार मैले उमेदवारी दिएको थिए तर केन्द्रिबाट पठाएको निर्वाचन अधिकृतले निर्वाचन नगराई आफु–आफु मिलेर पुरानै समितिलाई मान्यता दिएको आरोप रहेको छ । मनोमानि तवरले गरेको समिति चयन केन्द्रियमा उजुरी दिदापनि केन्द्रिय समितिले बेवास्ता गरेको उनीहरुको आरोप रहेको छ । केन्द्रियको २२ औ अधिवेशन भै रहेको राष्ट्रिय सभा गृह अगाडि धर्ना सहित बिरोध गरेको हो । 

अहिले मान्यता दिएको रौतहट जिल्ला अध्यक्ष पाँच कार्यकाल सम्म अध्यक्ष भए र पुन अध्यक्ष हुन निर्वाचन नगराई आफुलाई अध्यक्ष घोषित गर्न लगाएको जानकारीमा आएको छ । थाकसको बिधानतः दुई कार्यकाल अध्यक्ष हुन पाउने रहेको छ।


बिरोध कर्ता रौतहटका प्रमोद चौधरीले बिधनतः समिति छनौट हुनुपर्नेमाग गर्दै आन्दोलन गरेको जनाएको छ । त्यसैगरी केन्द्रिय अधिवेशन भारतका थारु कल्याण महाँसंघ अध्यक्षबाट उद्धघाटन गराउदा सो को पनि बिरोध भई रहेको छ । त्याहा अधिवेशनको माहोलमा एक तर्फ मन्तब्य छन् भने अकोतर्फ बिरोध पनि चलिरहरेको जानकारीमा आएको छ ।केन्द्रियको अधिवेशन असोज ७,८ र ९ गते काठमाण्डौमा हुदैछ ।केन्द्रियको अधिवेशन असोज ७,८ र ९ गते काठमाण्डौमा हुदैछ ।

यो बेथिती,प्रबृति सुनसरी शाखामा पनि महिला आरक्षण नराखि बिधान बिपरित निर्वाचन गराएर समिति चयन गरेको छ । केन्द्रिय सदस्य तथा निर्वाचन अधिकृत हरिनायण चौधरीले निर्वाचन गराई सुनसरीमा नाटकीय ढंगले चुनाव गराई समिति चयन गरेको हो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu