एलएन गच्छदार
बिराटनगर :=थारु समुदायकी गहना रोजमेरी बिश्वास बिराटनगर लिटल आइकन २०१८ को उपाधि जितेकी छिन। भाइरल डान्सको आयोजानामा गरिएको उक्त आइकनमा उनि छात्रा तर्फबाट १२ जना प्रतिष्पर्धीबाट टप आठौँ र टप पाचौं भित्र छनौट हुदै लिटिल आइकनको उपाधि जितन सफल भएको हो। साथै उनि मिस प्रसनालिटिज र मिस बेस्ट ड्रेसको समेत टाइटल उपाधि जितन सफल भएकी छिन।
विसं २०६५ साल बैशाख ७ गते सुनसरी जिल्ला दुहबी नगरपालिका -६ मा बुवा बिपत बिश्वास र माता कल्पना चौधरीको कोखबाट जन्मिएकी एक मात्र सुपुत्री रोजमेरी बुढानिलकण्ठ स्कुलमा कक्षा- ६ मा अध्यनरत छिन। सानै देखि नृत्यमा रुचि राख्ने उनि पढाइमा समेत अबल छिन।
त्यसै गरि बिरेन्द्र सभा गृहमा भएको ग्राण्ड फिनालेमा छात्र तर्फबाट बिराटनगरका थारु समुदायका अर्को गहना १४ वर्षका मधुराम भगतले मास्टर प्रसनालिटिज र मास्टर पपुलर गरि २ वटा टाइटल जितेका छन्।