कविता,,
आखिर देश कुन अवस्था को,
बाटोको चौतर्फी मोड लिदैछन,
सगरमाथा को उचाई
कस्ले कस्ले जान्दैछन,।
नेपाल धर्तिपुत्र आमा
आखिर के खोजेका छन,
हाम्रो बुद्धका शान्ति देशमा
भ्रस्टाचार किन भएका छन,।।
गौरब शाली नेपाल आमा
किन आशुको धार बगाउँदै छन,
नेपाल आमालाई किन
देशका नेता लाचार बनाइएका छन,।
हामी हाम्रो भुमीमै खुशी छौं
किन जातिय छुट्टयाएका छन,
जातभात छुवाछुत जातिय
लडाइँ किन जन्माएका छन,।।
कसले कसलाई आखिर मा
एकछाँक खान दिएका छन,
सबैले आँशुको धार लुकाइ
आम जन्ता संघर्श गरेकै छन,।
देश कस्को निर्देशनमा चलेका
दिनानुदिन जन्ता मरेकै छन,
आफ्नो जीवन चलाउन सायत,
सुखा दालरोटी खाएर बाँचेकै छन,।।
बाँच्न देउ हामिलाई किन ,
बाल्यौं गाउँबस्तीमा सलाइ,।
सलाइ त छ्स्स बाली सक्यौं,
सर्वनाश गरिदियौं सबै जलाइ,।।
यो जन्ताको पिर मार्का कस्ले,
बुझिदेला सम्झाउबुझाउँ कसलाई,।
नेपाल आमा यसरी हाँस्न सक्दैनन,
म भन्छु आम थारु नेपालि दाजुभाइ लाई,।।
राज्यसंग केही खोजेको पनि होइन,
चाहिएको पहिचान सहितको संबिधान,।
कोइ काखा कोइपा खा न बनाउँ,
लेखिदिनुस है नेताकार्यकर्ता मुल संविधान,।।
धेरै भयो अति भयो नेपाल आमाको,
चिर हरन परिचर्चा र नेताको बदनाम,।
देशका सत्ताभत्ता खाने नेताकार्यकर्ता,
हाम्रो राष्ट लाई बचाउ गर्नुस सामाधान,।।
(लेखक:=थारु युवा साहित्यकार सुरेश चौधरी मोरङ)
